२०८३ भाद्र १२ गते शुक्रवार

झन्डै २ लाख नगद चोरी अभियोगमा किशोर पक्राउ

तुलसीपुर, माघ ७ । झन्डै दुई लान नगद चोरी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. ४ मा घर भइ घोराही– १५ काठेकोहलमा डेरी गरि बस्ने १८ बर्षीय रेशम चौधरी रहेका छन् ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमका अनुसार पक्राउ परेका चौधरी पहिले सोही कार्यालयमा सहयोगीको रुपमा काम गरेका थिए ।

माघ ५ गते घोराही – १५ स्थित ग्लोबल ओरेन्स नेपालका कर्मचारीले कार्यालयको बिक्रि कक्षको दराज फोडेर एक लाख ९१ हजार नगद चोरी भएको प्रहरीमा निबेदन दिएका थिए ।

निवेदनका आधारमा अनुसन्धान गर्दै जाँदा चौधरी पक्राउ परेको डिएसपीले बताए ।

चौधरीमाथि आशंका लागेर डेरामा खान तलासी गर्दा नगद एक लाख ८८ हजार बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

चौधरीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७९ माघ ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *