२०८३ भाद्र १२ गते शुक्रवार

युवाले मिलेर सडक बनाउन थालेपछि उस्साहित छन सर्वसाधारण

तुलसीपुर, माघ ७। तुलसीपुर – ६ मोतिपुरका रोशन आचार्यपनि शुक्रबार सडकमै आएका थिए । सडक मर्मतको काम धमाधम भइरहेको थियो ।

स्थानीय उत्साहित नहुने कुरै थिएन । धेरै समय कालपछि भताभुंङ्ग सडकमा उनले यतिधेरै उपकरणले एकैसाथ काम गरेको देख्न पाएका थिए ।
उनले भने ‘यो काम तुलसीपुरकै युवाहरुले मिलेर गरिरहेका छन् र यो निकै प्रसंशा योग्य काम हो ।’

राष्ट्रिय गौरवको योजना हुँदाहुँदैपनि सडकको नाजुक अवस्था देखेर युवाले आफ्नै लागानी खाल्डा खुल्डी पर्ने र मर्मत गर्ने कार्य देशकै लागि श्रमको अवस्था मान्न पर्ने उनले तर्क गरे ।

युवाहरुको जागरुकता देखेर आँफु निकै खुसी भएको तथा सम्बन्धित निकायले यो तथ्य बुझेर जति हुन्छ चाँडो काम पुरा गर्न लाग्नु पर्ने उनले तथ्य बोले ।

नजिकै सडकमा तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगी, तुलसीपुरका प्रतिष्ठित ब्यबसायी बिमल रिजाल, बिनिल केसी निर्माण ब्यबसायी कृष्णबहादुर खड्का, शिब बुढाथोकी, संजात धिताल, द्रोण देवकोटा, टोपेन्द्र डाँगी, प्रकाश महतरा, शरदकुमार योगी, टिप्पर धनीहरु जनक मल्ल लगाएतका चिरपरिचित नहुहार सडकमा खटिएर काम गरिरहेका थिए ।

उनीहरु मध्य कोही ट्राफिक ब्यबस्थापनको काम गरिरहेका देखिन्थे भने कोही वालुवा गिट्टी कहाँ झार्ने, ट्याँङकरको पानी कता राख्ने भनेर निर्देशन दिइरहेका थिए ।

बालुवा गिट्टी कहाँ बाट र कति मात्रामा निकाल्ने भनेर कोही दिनभर खोलामा खटिएका थिए । उनीहरु मध्य जो जहाँ छन् त्यही खाना खाजा खाए । खोलामा भएकाले बगरै बसेर र सडकमा भएकाहरु सडकमै उभिएर प्याकिङ फूड खाएको इञ्जिनियर योगीले बताए ।

उनीहरु मध्य अधिकाँसले लगाएको सेतो टिसर्टमा ‘युवाहरुको सक्रिय सहभागिता, दूर्घटना न्यूनिकरण, सडक मर्मतमा अग्रता’ लेखिएको छ ।

यो सबै नियाली रहेका तुलसीपुर – ६ का युवा नविन न्यौंपाने पनि सडकमै आएर उनीहरुलाई ढाडस दिइरहेका थिए । जो बर्षौंदेखि सडका खाल्डा खुल्डीका कारण स्थानीयले दुःख पाउँदै आएको देख्ने भोग्ने मध्यका एक थिए ।

तुलसीपरका युवा ब्यबसायीले आँफैले मिलेर आफ्नै खर्चमा सडकका खाल्डा खुल्डी पर्नु निकै सर्हानिय कार्य भएको भन्दै उनले खुसी साटे ।
उनले भने ‘ राज्य कहाँ छ भन्ने प्रश्न यहाँ नेर खडा भएको स्पष्ट हुन्छ ।’

तुलसीपुर–घोराही सडक खण्डमा दश बर्षदेखि सार्वजनिक बस चलाउँदै आएका राजु शर्मामा युवाको काम र मेहनत देखेर खुसी सुनिए ।

तुलसीपुरको हात्तीखौवा चोकदेखि मर्मतको काम हुँदै आएको र त्यसले गर्दा सडक राम्रो बनेको अनुभव साटे ।

सडक नभत्काउँदासम्म ४० मिनेटमा पुरा हुने यात्रा आज डेढ घन्टा लाग्ने गरेको भन्दै उनले खिन्नता ब्यक्त गरे ।

इन्धनको दोब्बर खपत बढेको , तुटफूट उत्तिकै बढेको हुँदा साहु ऋणमा डुब्दै गएको उनले बताए ।
खाल्डा खुल्डी जोगाउन खोज्दा खोज्दैपनि संभव नहुने र खाल्डामा परेपछि यात्रुले गाली गर्ने गरेको उनले बताए ।

तुलसीपुर – १२ टरिगाउँका बिष्णु भण्डारी मोटरसाइकलमा थिए । तुलसीपुर– घोराही सडक खण्डमा साना सवारी साधन र मोटरसाइकलमा यात्रा गर्न निकै सास्ति खेप्नु परिरहेको उनले अनुभूती साटे ।

उनले मोटरसाइकलमा यात्रा गर्ने मान्छे धुलोले नचिन्ने अवस्थामा पुग्ने हुँदा रेनकोट लगाएर यात्रा गर्ने गरेको जानकारी दिए ।

शुक्रबार तुलसीपुरका ब्यबसायीहरु बिमल रिजाल र संजात धिताले जनही १०० लिटर र बिनिल केसी र अनुप श्रेष्ठले ५० ÷ ५० लिटर डिजल निशुल्क प्रदान गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिका इञ्जिनियर पवनकुमार योगीले यो अभियानको नेतृत्व गरिरहेका छन् । अभियानमा हालसम्म ४२ ब्यबसायी जोडिएका छन् ।

इञ्जिनियर योगीका अनुसार यति काम गर्दा दैनिक सवा एक लाखसम्म खर्च हुने गर्छ । तुलसीपुरको सीमाना मज्गै सम्म झन्डै दश किलोमिटर भित्रका खाल्डा खुल्डी पूर्न हप्ता दिन लाग्ने उनले अनुमान लगाए ।

तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले इञ्जिनियर योगीको अभियान मनपरेर साथ दिएको बताए ।

लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्ने युवा साथीहरु मिलेर काम गर्न पाउँदा रमाइलो अनुभूति भइरहेको उनले तर्क गरे ।

साथै आफ्नो जिम्मेवारी समयमै पुरा नगर्ने निर्माण ब्यबसायी र मुकदर्शक सरकारका लागि आँफुहरुको अभियान एउटा खबरदारी ठान्न उनले आग्रह गरे ।

वाणिज्य संघका महासचिव विनिल केसीले सडकको काम गर्न मिलेर डिजल बैंक स्थापना गरिएको जानकारी दिए ।

साढे चार सय लिटर डिजल एकै दिनमा संकलन भएको उनले बताए ।

तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको कुइरेपानीसम्म २८ दशमलव १९ किलोमिटर सडक खण्ड बिस्तारको जिम्मा भारतको मुम्वैस्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले पाएको छ ।

यो बीचमा ६ जना पेटी ठेकेदार फेरिएका छन् । यही माघदेखि फेरि भैरहवाका निर्माण व्यवसायी शुनिलजंग रायमाझी आएका छन् । भैरहवाका अन्तराष्ट्रिय बिमानस्थल उनैले बनाएका हुन ।

सन २०१९ जनवरी २८ मा परियोजना संझौता हुँदा ३३ महिनामा काम सक्ने भन्ने थियो ।

सडक निर्माणको काम हालसम्म दश प्रतिसत पनि हुन सकेको छैन ।

प्रकाशित मिति : २०७९ माघ ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *