२०८१ बैशाख १३ गते बिहिवार

गाउँपालिकाले समुहलाई किनेर दियो पञ्चे बाजा

नरैनापुर , माघ ७। नरैनापुर गाँउपालिकाले पञ्चे बाजा समुहलाई प्रदान गरेको छ ।

नयाँ पुस्तामा पञ्चे बाजा प्रतिको रुची बढाउन वाचा हस्तान्तरण गरिएको हो ।

कुनै समय अत्यधिक प्रचलित पञ्चे बाजा बजाउने संख्या पछिल्लो समय घट्दै गएको हुँदा बाजाको संरक्षण र वाद्यवादकलाई प्रोत्साहित गर्न गाउँपालिकाको वडा नं. ६ को पञ्चे बाजा समूहलाई एक सेट बाजा खरिद गरेर प्रदान गरिएको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए ।

यहाँको पञ्चे बाजा समूह विहे, व्रतवन्धका साथै कुनैपनि उत्सव वा समारोहमा बाजा बजाउने गर्दछ ।
पञ्चे बाजामा सांस्कृतिक, सामाजिक हिसाबले महत्वपूर्ण भएपनि बजाउनमा नयाँ वाचा भित्रिन थालेका छन् ।

गाउँपालिकाले पञ्चे बाजा संरक्षण तथा बाजा बजाउने समुदायको जीवनस्तर उकास्न बाजा प्रदान गरेको अध्यक्ष शाहले हस्तान्तरण कार्यक्रममा बताएका थिए ।

प्रकाशित मिति : २०७९ माघ ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *