२०८० चैत्र ३० गते शुक्रवार

तुलसीपुर कांग्रेसको नगर सम्मेलन आशा र आक्रोश बिच सम्पन्न

तुलसीपुर, माघ ३ । संघ र प्रदेशको निर्वाचन सम्पन्न भएर सरकार बन्दै गर्दा नेपाली कांग्रेस दाङको आह्वान अनुरुप नेपाली कांग्रेस तुलसीपुरले प्रथम नगर सम्मेलन मंगलवार आफ्नै सभाहलमा सम्पन्न गरेको छ ।

नगर समिति सभापति शुरेश हमालको अध्यक्षता तथा दुइ जना केन्द्रिय सदस्यहरु समेतको उपस्थीतिमा सहभागिहरुले मिश्रित मनहरु सभाहलमा पोखेका छन् ।

निर्वाचन लड्दाको गठवन्धन टुटेर बनेको प्रचण्ड नेतृत्वको सरकार गठन हुनु कांग्रेसको कमजोरी एकातिर पोखियो भने, वाम गठवन्धनको सरकारलाइ कांग्रेस स्वयमले विश्वासको मत दिनुलाइ पनि जिल्ला तहका नेता कार्यकर्ताहरुले खिन्नता र आक्रोश समेत व्यक्त गरे ।

उनीहरुले आफ्ना असन्तुष्टिहरुलाइ केन्द्रिय समिति सम्म पु¥याइदिन पनि सम्मेलनका प्रमुख अतिथि दिपक गिरी तथा विशिष्ठ अतिथि गेहेन्द्र गिरीलाइ आग्रह समेत गरेका थिए ।

नगर सम्मेलनमा जिल्ला सभापति, संविधान सभा सदस्य, क्षेत्रीय सभापतिहरु, प्रदेश सभापति, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला सदस्यहरु तथा भ्रात्रि संस्थाका प्रतिनिधि समेत अग्रज नेता कार्यकर्ताहरुको बाक्लो उपस्थीति रहेको थियो ।

पार्टि निर्णय बचाउ गर्दै केन्द्रिय सदस्यहरु

सोहि कार्यक्रममा पार्टि केन्द्रिय सदस्यहरुले भने पार्टिले गरेको विश्वासका मतको निर्णयको बचाउ गरेका थिए ।

तुलसीपुर कांग्रेसको प्रथम नगर सम्मेलनलाइ सम्वोधन गर्दै नेपाली कांग्रेस निर्वाचन क्षेत्र नंवर ३ का प्रतिनिधिसभा सदस्य, पुर्व सिचाइमन्त्री तथा नेपाली कांग्रेसका वर्तमान केन्द्रिय सदस्य दिपक गिरीले अहिले नेपाली कांग्रेसले कुनै कुराले फिश्लिङ मात्रै खाएको बताएका छन् ।

‘क्षणभरको राजनितिक मुल्यांकनले पार्टिको गन्तव्य निर्धारण गर्देन, गेम त भर्खर सुरु भएको छ । पार्टि अहिल्यै बल्ड्याङ खाइसकेको होइन, फिश्लिङ खाएको मात्रै हो’, प्रथम नगर सम्मेलनलाइ सम्वोधन गर्दै प्रमुख अतिथि समेत रहेका गिरीले भने ।

अहिले कांग्रेसले वाम गठवन्धनलाइ समर्थन दिनु सत्ताका कुनै पदलाइ मात्रै नभएको र त्यो विषयमा चाडै सवै जाहा हुने पनि उनले बताए ।

‘अहिल्यै यो र त्यो अर्थ लगाउनु हुंदैन, किन विश्वासको मत दिइयो, त्यसको अर्थ केहि समयमै थाहा पाउनुहुने छ’, नेता गिरीले भने ।

सांसद गिरीले आफु सत्तामा भएपनि नभएपनि आफुले निर्वाचनमा सार्वजनिक गरेका प्रतिवद्धतालाइ पुरा गरेरै छाड्ने पनि दोहो¥याए । यहांको विमानस्थलको स्तरोन्नती, चारलेनलाइ चांडै चलायमान बनाउने, दाङ—पुरन्धारा—सुर्खेत सडकलाइ चाडै कालोपत्रे सम्पन्न गर्ने लगायतका काम आफु सत्ता वाहिरै रहेर पनि फत्ते गर्ने पनि गिरीको अघिव्यक्ति थियो ।

साथै उनले तुलसीपुर नगर समितिको सक्रियताको सम्मान गर्दै आगामि स्थानिय तहको निर्वाचनमा कांग्रेसलाइ सवै भन्दा बलियो पार्टिका रुपमा स्थापित गर्न पनि सुभकामना व्यक्त गरे ।

कार्यक्रमलाइ सम्वोधन गर्दै विशिष्ठ अतिथि तथा अर्का केन्द्रिय सदस्य गेहेन्द्र गिरीले वाम गठवन्धनको नेतृत्वको सरकारलाइ दिएको समर्थनका सन्दर्भमा धेरै वादविवाद नगर्न पनि आम सहभागिहरुलाइ आग्रह गरे ।

पार्टि नेतृत्वले वाम गठवन्धनको नेतृत्वको सरकारलाइ त्यत्तिकै हवादारी भएर समर्थन नदिएको भन्दै यसले निकट भविस्यमै कुनै दिशा निर्देश गर्ने पनि उनको अभिव्यक्ति थियो ।

सरकार गठन र विघटनका विगतमा धेरै नजिरहरु स्थापित भैरहेको स्मरण गराउंदै राष्ट्रपतिकै वार्गेनिङकालागी विश्वासका मत नदिएको पनि उनको भनाइ थियो ।

नगर सम्मेलनमा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नंवर २(ख) का सभापति अभियान बस्नेतले निर्वाचन जित्दाको गठवन्धनलाइ चुइटाएर बनाइएको वाम गठवन्धनको सरकारलाइ पार्टिले विश्वासको मत दिएर पदिय वार्गेनिङ गरेकोमा आम कांग्रेस मनहरु फाटेको अभिव्यक्ति दिए ।

कार्यक्रममा अर्का बक्ता देवेन्द्र रिजाल र खिम वहादुर वलीको भनाइ पनि उस्तै उस्तै भावको थियो । जनताले गठवन्धनलाइ जिताउन पशिना बगाएको तर अहिले सरकार बन्दा र त्यसलाइ कांग्रेसले विश्वासको मत दिंदा आम कांग्रेस जनहरुमा उत्साह हराएको पनि उनीहरुको भनाइ थियो ।

यो अवस्थामा कांग्रेसमा पुर्नजागरण ल्याउन पार्टिले टोल संस्थाहरु सम्म कार्यक्रम ल्याउन पनि आग्रह गरेका थिए । कांग्रेस बलियो हुन भ्रात्रि संस्थाहरु बलिया र चलायमान हुनुपर्ने हो, तर पार्टिका भ्रात्रि संस्थाहरुनै सुसुप्त अवस्थामा रहेको पनि नगरसम्मेलनमा आवाज उठाइयो ।

सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै नेविसंघका पुर्व केन्द्रिय सदस्य तथा वर्तमान कांग्रेस महाधिवेशन प्रतिनिधि युवराज खड्काले विसं २०६५ देखिनै स्ववियु निर्वाचन नभएको उल्लेखगर्दै पार्टिलाइ पुर्नताजगी बनाउन नेविसंघको महाधिवेशन र स्ववियु निर्वाचन चाडो गर्न पनि केन्द्रिय समितिमा दवाव दिनुपर्ने सुझाव राखे ।

प्रदेश महाधिवेशन प्रतिनिधि तथा थारु नेता चुर्ण वहादुर चौधरीले पनि पार्टिलाइ बलियो बनाउन थारु समुदायलाइ आत्म सम्मान दिएर राजनितिमा स्पेश दिन आग्रह गरेका थिए भने महाधिवेशन प्रतिनिधि तथा दलित नेतृ देवकी नेपालीले पनि पार्टिले दालिय समुदायलाइ अझै बढि साथ लिएर अघि बढ्न सुझाव दिइन् ।

जिल्ला सदस्यका तर्फबाट शुभकामना व्यक्त गर्दै यज्ञ वहादुर बस्नेतले पार्टिमा देखिएको निराशालाइ सम्वोधन गर्न केन्द्रिय समितिले जागरण अभियान ल्याउन सुझाव दिए ।

प्रथम तुलसीपुर नगर सम्मेलनमा नेपाली कांग्रेसका जिल्ला सभापति शंकर प्रसाद डांगी, क्षेत्रीय सभापति जगत खड्का, भिम प्रकाश खड्का, महाधिवेशन प्रतिनिधि नहकुल केसी, विमल रिजाल, नेता महादेव शाह, संविधानसभा सदस्य बुद्धिराम भण्डारी, पुर्व प्रदेशसभा सदस्य शंकर प्रसाद गिरी, कांग्रेस नेता केशव आचार्य, महिला नेतृ शुषमा गिरी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस नगर प्रवक्ता पुर्ण वहादुर डांगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर—१८ का सभापति विरेन्द्र खड्का, प्रदेश प्रवक्ता वेनु अधिकारी, शान्तिनगर गाउपालिका पार्टि सभापति झलक केसी, शान्तिनगर गाउपालिकाका अध्यक्ष प्रमोद बस्नेत लगायतले पनि शुभकामना व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस तुलसीपुर नगर सचिव विमल पौडेलले हाल सम्म भएगरेका समग्र गतिविधिका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष प्रितम श्रेष्ठले आर्थिक प्रतिवेदन व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण अर्का सचिव शुशिल वलीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *