२०८२ माघ २६ गते सोमवार

तनहुँ जिल्ला अदालतले पनि पल शाहलाई दियो सफाइ

काठमाडौँ ,माघ ३ । तनहुँ जिल्ला अदालतल अभिनेता पल शाहलाई जबरजस्ती करणी मुद्दामा सफाइ दिएको छ।

नाबालिका किशोरीलाई करणी गरेको अभियोग लागेका शाहलाई न्यायाधीश कोलमप्रासद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर गरेको हो।

पीडित भनिएकी बालिकाले आफूले आवेगमा आएर किटानी जाहेरी दिएको भन्दै होस्टाइल भएपछि अदालतले त्यसैको आधारमा शाहलाई सफाइ दिने फैसला गरेको हो।

यसअघि नवलपुर जिल्ला अदालत पनि उनलाई सफाइ दिएको थियो। जबरजस्ती करणी अभियोगमा निर्दोष ठहर भए पनि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय सुनाएको थियो।

शाहमाथि २०७८ बैशाख १४ गते तनहुँको दुलेगैँडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई करणी गरेको आरोप लागेको थियो।

उनीविरुद्ध तनहुँ र नवलपरासी दुवै जिल्लामा उस्तै अभियोगमा मुद्दा दर्ता भएको हो।

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *