२०८१ बैशाख ६ गते बिहिवार

विभिन्न दुर्घटनामा परी दुईजनाको मृत्यु


दाङ, चैत २ ।
दाङमा भएका विभिन्न दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने थप दुईजना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका वडा नं. ५ पहरुवामा पश्चिमतर्फ आइरहेको रा ३ प ८४१७ नम्वरको मोटरसाईकलले एकै दिशातर्फ आउँदै गरेको साईकललाई ठक्कर दिदा भएको दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

दुर्घटनाका घाइते मोटरसाईकल चालक लमही नगरपालिका वडा नं. ५ निवासी ४४ बर्षीय पिताम्वर गोराथोकीको उपचारका क्रममा लमहीमा राति ११ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साइकल चालक लमही ४ निवासी ३० बर्षीय रामअवतार चौधरीको अवस्था भने सामान्य रहेको जानकारी दिइएको छ । उक्त दुर्घटना ९ बजेतिर भएको थियो ।

त्यस्तै पूर्व पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका वडा नं. ३ बनगाउँ चोकमा शुक्रवार साँझ ८ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा २ प ६०२६ नम्वरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिदा घाइते भएका लमही ३ बनगाउँ निवासी ६० बर्षीय जयमंगल चौधरीको मृत्यु भएको छ ।

घाइते चौधरीलाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि रुपन्देही लगिएको थियो । त्यहाँको क्रिमशन अस्पतालमा चौधरीको गए राति पौने १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उक्त दुर्घटनामा चौधरीकी पत्नी ५० बर्षीया छुनिया चौधरी र मोटरसाईकल चालक लमही ५ कोलही निवासी ३२ बर्षीय राजकुमार चौधरी पनि घाइते भएका छन् । तर उनीहरु उपचारपछि घर आइसकेको प्रहरीले जानकारी दिएको छ ।

मदिराले मातेर बस चलाउँदा दुईजना घाइते
यसैबीच घोराही लमही सडक खण्डमा बस दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा बसका चालक दाङको धर्ना निवासी ४६ बर्षीय शेरबहादुर केसी, सोही ठाउँकै अर्का चालक पोषण गिरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दाङको घोराही–लमही सडक खण्डअन्तर्गत मसोटको मोडमा शुक्रबार राति साढे ११ बजेतिर रा.१ ज. ६७४ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन । दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले घाइतेको अवस्था सामान्य रहेको जानकारी दिए ।

‘मदिराले मातेको तालमा विना उज्ञेश्य बस लगेर हिडेका रहेछन्,’ एसपी पाण्डेले भने ‘ड्रिङ्स ड्राइभकै कारण बस दुर्घटना भएको हो ।’ मदिरा सेवन गरी सवारी चलाउने चालकलाई कारवाही गर्ने एसपी पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ चैत्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *