२०८१ बैशाख १० गते सोमवार

फोहोर व्यवस्थापनका लागि एसोसिएसनद्धारा ‘डस्बिन’ बितरण

शिवराज खनाल,दाङ,पुस ३० । देउखुरी मोबाइल एसोसिएसनले लमहीको जैविक विविधता पार्कमा फोहोर व्यवस्थापनका लागि ‘डस्बिन’ बितरण गरेको छ ।

शनिवार लमही नगरपालिका वडा नम्बर ५ स्थित पार्कको फोहोर व्यवस्थापनका लागि ूसफा गाउँ शहर हाम्रो अभियानू भन्ने नाराका साथ १० थान ‘डस्बिन’ बितरण गरेर व्यवस्थापन गरेको हो ।

देउखुरी कै गहनाको रुपमा रहेको पार्कमा फोहोर व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले बार्षिक कार्यक्रम अन्तर्गत ‘डस्बिन’ बितरण गरिएको देउखुरी मोबाइल एसोसिएसनका अध्यक्ष बिजय सिह ठकुरीले बताए ।

एसोसिएसनका कार्यसमितिको टोलिले सामुदायिक बनका अध्यक्ष पवन रिजाल लाई डस्टबिन हस्तान्तरण गरेको हो । पार्कको सरसफाइमा सहयोग पु¥याउनका लागि डस्बिन व्यवस्थापन गरिएको थियो ।

कार्यक्रममा बोल्दै देउखुरी मोबाइल एसोसिएसन अध्यक्ष ठकुरीले पार्कलाई हराभरा र फोहोर मैला मुक्त बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्ने उनले सुझाव दिए ।

सांकेतिक रुपमा सरोकारवालालाई जिम्मेबार बनाउने, सामाजिक उत्तरदायीत्व पुरा गर्ने र रचनात्मक बनाउनका लागि ‘डस्बिन’ व्यवस्थापन गरेको एसोसिएसन पुर्ब अध्यक्ष भिम भुसालले बताए ।

हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेस्वर खनालले देउखुरीको गहनाको रुपमा रहेको पार्क मनोरञ्जनको केन्द्र बनाउन सबै हातेमालो गर्न जरुरी रहेको बताए ।
जैविक पार्क लाई ब्यबस्थित गरियो भने यस क्षेत्रमा पर्यटक भित्रन सक्ने र सिङ्गो लमही बजारको ब्यापार व्यावसायमा थपटेवा पुग्ने उनको भनाइ थियो ।

अजम्बरी सामुदायिक बनका अध्यक्ष पवन रिजालले लमहीको जैविक विविधता पार्क लाई माया गरेर स्वच्छ सफा राख्न हातमालो गरेको मा देउखुरी मोबाइल एसोसिएसन लाई धन्यवाद समेत ब्यक्त गरे ।

कार्यक्रममा समाजसेवि शेषमणि गौतम , लिला राम खनाल ,बनका उपाध्यक्ष बिष्णु पौडेल , माया घमाल लमही नगरपालिकाका जनप्रतिनिधि चन्द्रा चौधरी , देउखुरी उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष केसव राज पोख्रेलको समेत सहभागीता रहेको थियो ।

एसोसिएसनका अध्यक्ष बिजय सिह ठकुरीको अध्यक्षता, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेस्वर खनालको प्रमुख आतिथ्यता र बनका अध्यक्ष पवन रिजालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण एसोसिएसनका सदस्य कौसल अधिकारीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७९ पुष ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *