२०८१ बैशाख ११ गते मङ्गलवार

रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु

रोल्पा ,पुस २७ । रोल्पामा मंगलबार भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

सुनछहरी गाउँपालिका–५ कालिहाङमा बिजुलीको तार तान्ने क्रममा भीरबाट खसेर र पोवाङका ४२ वर्षका हिकलाल पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ पुष २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *