तुलसीपुर, पुस २६ । घोराहीमा मंगलबार ‘सडकमै’ कबिता वाचन कार्यक्रम गरिएको छ ।
अलपत्र तुलसीपुर– घोराही चारलेन सडकको बिरोधमा घोराहीस्थित ट्राफिक चोकमा कबिता वाचन कार्यक्रम आयोजना गरिएको थियो ।
सचेत नागरिक दाङको व्यानरमा कार्यक्रम गरिएको भएपनि त्यसको नेतृत्व भने दाङ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर विशाल अधिकारीले गरेका थिए ।
कार्यक्रयको सुरुवातमै इन्जिनियर अधिकारीले चारलेन सडकको बर्तमान अवस्था र समाधानका लागि गरिएको पहलकदमी र किन ठेक्का रद्द आवश्यक छ ? भन्ने बारे प्रस्तुतीहरु राखेका थिए ।
उनले तत्काल नयाँ ठेक्कामा जानुपर्ने धारणपनि रोखका थिए ।
कार्यक्रममा कबिहरु लोकराज पराजुली,कमलमणि देवकोटा , श्रवण नेपाली , सुदन पौडेल, लक्ष्मी बुढाथोकी, कुबेर गन्धर्व र बिक्रम गन्धर्वले चारलेन सडकको अवस्था र त्यसबारे सृजित परिस्थिती बारे आ–आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।
सडक कबिता वाचन कार्यक्रममा नागरिक समाज दाङका संयोजक केबी भुसाल र नेपाल अपांग संघ दाङका कोषाध्यक्ष वसन्तराज भट्ट लगाएतको उपस्थिती रहेको थियो ।
