२०८१ बैशाख १२ गते बुधवार

‘पाँतु गयाघाटमा शवदाह स्थल निर्माण ’

तुलसीपुर, पुस २६ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ को गोटिखोला स्थित पाँतु गयाघाटमा शवदाह गृह निर्माण भएको छ ।

विभिन्न संघ संस्था, कार्यालय, व्यक्तिहरुबाट सहयोग रकम संकलन गरेर शवदाह गृह निर्माण गरेको पातुगयाघाट संरक्षण समितिका अध्यक्ष ध्रुव गौतमले जानकारी दिए ।

पहिलो चरणमा करिव १३ लाख रकम संकलन गरि शवदाह गृह निर्माण गरिएको समितीले जानकारी दिएको छ । शवदाह गृहमा आरसिसी, शव जलाउने ठाउँमा रेलको लिक, पानी टंकी निर्माण देखि विभिन्न संरचना निर्माण गरिएका छन् ।

हाल पहिलो चरणको काम सम्पन्न भएर मृत्युवरण गरेकाहरुको अत्यष्टी सुरु गरिएको अध्यक्ष गौतमले जानकारी दिएका छन् ।

पातुखोला किनारामा यस अघि शव जलाउने गरिएको र व्यवस्थित शवदाह नहुँदा पानी परेपछि समस्या र खोलाले आफ्नो बहाव फेरवदल गर्दा कहिले कहाँ कहिले कहाँ शवदाह स्थल सार्नुपर्ने समस्या थियो ।

अव भने शवदाह गृह निर्माण भएपछि सो समस्या टरेको बताएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंं. ४ , ३,७ लगाएतका छिमेकी वडाहरुको घाटमा शवदाह गृह निर्माणका लागि सवैको सहयोग र साथ रहेको भन्दै समितिले मनकारी ब्यक्ति ,टोल बिकास संस्था, संघ संस्था हरुबाट सहयोग संकलन गरि सवदाह गृह निर्माण गरेको अध्यक्ष गौतमले बताए ।

‘सवै दाताहरुले सहयोग गर्नुभयो सवै काम पुरा भएको छैन् अझै केहि काम बाँकी छ तर शवदाह गृह भने निर्माण भई शवदाहको काम सुरु भई सकेको छ उनले भने । गौतमले सवैका साथ र सहयोगबाट यो सम्भव भएको भन्दै सवैलाई धन्यवाद समेत दिए ।

शवदाह गृह निर्माणका लागि गादिबराह सामुदायिक बन तुलसीपुर–४ ले १ लाख तुलसीपुर ४ निवासी ध्रुव गौतम÷सावित्री गौतमले वुवा आमाको स्मृतिमा ५५ हजार ५ सय ५५, प्रणवकुमार खड्का÷ओवाकुमारी खड्काले स्र्गीय दिदि र पित्रीको स्मृतिमा ५५ हजार ५ सय ५५, विरबहादुर विसी÷लक्ष्मी विसीले ४० हजार १०४, राप्ती शान्ति उद्यानले ३५ हजार ५०५ , साहारा बचत सहकारी समुहबाट २० हजार, तुलसीपुर –४ निवासी बसन्तकुमार खड्का, मानबहादुर वली, कुमार गौतम,गणेश वली, तुलसीपुर–३ निवासी छविला डाँगीले प्रतिव्यक्ति रु २५ हजार ५५५ , कृष्णबहादुर खड्काबाट २५ हजार २५ रुपौया र वडा नं. ६ निवासी सुरेश हमालबाट २५ हजार रकम सहयोग भएको समितिले जनाएको छ ।

त्यस्तै अन्य विभिन्न व्यक्ति ,संघ संस्थाले २० हजार देखि ११ हजार १०० सम्म दिने सवैको नाम सिला लेखमा राखिएको छ । ‘सामाजिक कामका लागि संस्थागत व्यक्तिगत सवै सहयोग भएको छ यसमा हामीहरु निकै खुसी छौं –गौतमले भने ।

त्यसैचिव समितिले एक कार्यक्रमका विच सहयोग दाता संघ संस्थाहरुलाई दाता सम्मान कार्यक्रम गरेको छ । पातुगयाघाट संरक्षण समितिका अध्यक्ष ध्रुव गौतमको अध्यक्षता तथा गादि वराह सामुदायिक वनका अध्यक्ष ठाकुर प्रसाद बन्जाडेको प्रमुख आतिथयमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले समितिले गरेको कार्य प्रसंसकिय भएको भन्दै धन्यवाद दिएका थिए ।

कार्यक्रम सहभागीहरुले सामाजिक कार्यमा लागेर सहयोग गर्ने सवैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा सहयोग गर्ने दाता तथा संघ संस्थालाई प्रमाण पत्र दोसल्लाह ओढायर सम्मान गरिएको थियो ।

कार्यक्रममा सल्लाहकार बालाराम रेग्मी, समाजसेवि सुरेन्द्रबहादुर खड्का, शिवराजसिंह ठकुरी, गोपाल बुढाथोकी राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्लीराज भण्डारीलगायतले बोलेका थिए ।

्पातुगयाघाट संरक्षण समितिका उपाध्यक्ष लोकमणि पन्थीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष जिवन वलीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमको सजिकरण सचिव प्रणवकुमार खड्काले गरेका थिए ।

 

प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *