दाङ, पुस २६ । ट्रयाक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि दंगीशरण गाउँपालिका वडा नं. १ का ५० बर्षीय रुद्रबहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।
सोमबार बेलुकी पाँच बजेतिर दंगीशरण–१ बाँकीबाट रामपुर तर्फ जाँदै गरेको भे १ त ४०६६ नम्बरको खाली ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटनामा परेको डिएसपी गौतमले बताए ।
दुर्घटना लगतै स्थानीय चालक ३५ बर्षीय ओमप्रकाश केसीलाई कारबाहीको माग गर्दै स्थनीय आन्दोलित बनेका थिए । स्थानीयको अबरोध पछि मृतकको शब सडक मै राखिएको थियो ।
स्थानीयलाई संझाइ बुझाई गरि मंगलबार राति १ बजे मात्रै सहमति पछि ट्रयाक्टर र शब उठाउन स्थानीयले दिएका थिए ।
स्रोतका अनुसार चालक केसी र ट्रयाक्टरमा सवार भण्डारी दुबैले मदिरा सेवन गरेका थिए । तीब्र गतिको ट्रयाक्टरबाट भण्डारी खसेको र घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
मापसे गरि सवारी लापरबाही पूर्वक चलाउने चालकलाई कारबाहीको माग गर्दै स्थानीय आन्दोलित बनेका थिए ।