२०८० चैत्र ३० गते शुक्रवार

तुलसीपुर–घोराही सडक खण्ड आयोजना रद्द माग गर्दै ज्ञापन पत्र

दाङ, पुस १९ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दाङमा उम्मेदवार बनाइएका दुई जनाले बुधबार उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर तुलसीपुर–घोराही चारलेन सडक खण्ड आयोजना रद्द गर्न माग गरेका छन् ।

उक्त पार्टीका नेताहरु दाङको निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार कमल सुबेदी र २ का उम्मेदवार बिशाल अधिकारीले मन्त्री श्रेष्ठलाई भेटेर निर्माण पुरा भइ सक्नुपर्ने समयसम्म जम्मा दश प्रतिसत मात्रै भौतिक पर्गती भएको हुँदा संझौंता रद्द गर्न माग गरेका हुन ।

उक्त सडक खण्ड २०७५ माग १४ गते ठेक्का संझौता भएको थियो । सम्झौंता अनुसार २०७७ बैशाख २९ गते काम पुरा भइ सक्नु पर्ने थियो ।

सडक बिस्तारको काम भारतको तथ्य इञ्जियनेरिङ एण्ड इन्फा प्राजेक्ट प्रालिले लिएको थियो । यो बीचमा सातवटा पेटी ठेकेदार परिवर्तन भइ सकेको छन् भने तीन पटक म्याद थप भइ सकेको छ ।

तर, सडकको अवस्था जस्ताको त्यस्तै छ । आयोजनाको हालसम्मको भौतिक प्रगती ९ दशमलब ८२ प्रतिसत र आर्थिक प्रगति ४ दशमलब ४२ प्रतिसत मात्रै भएको सरोकारवाहरुले बताएका छन् ।

सडक आयोजनाका लागि भारतीय एक्जिम बैंकको १ दशमलब ५ अर्व सहुलियत ऋण लिएकोमा समयमै काम पुरा नहुँदा राज्यलाई करिब ८ करोड ब्ययभार थपिएको उनीहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

त्यस्तै सडक निर्माणमा भएको लापरबाहीले हालसम्म २२ जना बढीको दुर्घटनामा परि मृत्यु भएको उल्लेख छ ।

सडकको दुराबस्थाका कारणले नागरिकले सास्ति बेहोर्नु परेको, ब्यापार ब्यबसाय, पर्यटनक, कृषि र जनश्वास्थ्यमा गम्भीर असर परेको कुरा ज्ञापन पत्रका समेटिएको छ ।

त्यस्तै हालसम्मको अवस्था अध्यनगर्दा समयमा आयोजना पुरा हुने आधारहरु नदेखिएको दाबी गर्दै आयोजना रद्द गरि समयमै नयाँ ठेक्का प्रक्रिया सुरु गर्न माग गरिएको छ ।

आयोजनाको लागत रकम नेपाल सरकारको नियमित बार्षिक बजेटबाट सुनिश्चितता गर्न अनुरोध पनि गरिएको छ ।

प्रकाशित मिति : २०७९ पुष २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *