२०८१ भाद्र २६ गते बुधवार

विप्लवलाई मुख्य मन्त्रीको प्रश्न – अव राजनीतिक रुपमा विवाद गर्नुपर्ने विषय के छ ?’

५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल । तस्बिर : राजेश खत्री

राजेश खत्री,
दाङ, फागुन ३० । ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अब राजनीतिक रुपमा बहस र विवाद गर्नुपर्ने विषय केही नरहेको बताएका छन् । विहीवार दाङको तुलसीपुरमा विश्व मृगौला दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल वन्दका वारेमा धारणा राख्दै नेपालमा जनताको आकाँंक्षाको आधारमा हुने परिवर्तनका सम्पूर्ण क्लाइमेक्सका कुराहरु उपयोग गरिसकेको हुँदा बन्द गर्नुपर्ने कारण के हो भन्ने प्रश्न गरेका थिए ।

‘हिजोका दिनमा राजाले दिएको संविधान मानेनौं, पार्टीहरुले बनाएको पनि मानेनौं र आज जनताले चुनेर बनाएको संविधानसभा वाट संविधान बनाइसकेका छौ,’ मुख्यमन्त्रीले भने ‘ अव राजनीतिक रुपमा बहस विवाद गर्नुपर्ने विषय के छ?’


उनले जनताको विश्वास जित्ने हो भने मुलुकको एकता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता बाहेकका सबै चिज वदल्न सक्ने अधिकार संविधानले दिएको हुँदा अब बन्द हड्तालको औचित्य नरहेको दाबी गरे ।

बन्द हड्ताल छोडेर जनताको विश्वास जित्ने गतिविधि गर्न विप्लवलाई मुख्य मन्त्रीको सुझाव थियो । समाजमा अस्थितरता र आतंक सृजनागर्ने हिसावले गतिविधि गर्नुको कुनै जरुरी नरहेको बताएका मुख्यमन्त्रीको भनाइ थियो ।
बन्द र हड्ताल वाट नागरिक गठिदै आएको भएपनि त्यो नागरिकले नठान्ने गरेको तथा राज्य कमजोर हुँदा हाम्रा अवसरहरु गुम्छन भन्ने नठान्नुले दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको मुख्यमन्त्रीले तर्क थियो । सर्वसाधरण नागरिकले स्वतन्त्र र भएरहित जीवन बाँच्न पाउने नागरिकको नैसर्गिक अधिकार गुमाएको भन्दै बन्दको विरोध गर्न उनको आषय थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै मृगौलारोग विषशेज्ञ डा. ऋषिराम काफ्लेले मृगौला बचाउन खानपानमा ध्यान दिन तथा सारिरीक व्यायम दिनहुँ गर्न आग्रह गरेका छन् ।

मृगौलारोग विषशेज्ञ डा. ऋषिराम काफ्ले ।  तस्बिर : राजेश खत्री

कार्यक्रममा आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले आँखा मानव शरिरको अतेन्तै महत्वपूर्ण तथा संवेदनसिल अंग भएको हुँदा कुनैपनि समस्या आउँदा घरेलु उपचार र झारफुक गर्न तर्फ लाग्नु भन्दा तत्काल नजिकको आँखा अस्पताल गएर देखाउन सल्ला दिएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रम मेयर घनश्याम पाण्डेको अध्यक्षतामा भएको थियो । कार्यक्रम पूर्व तुलसीपुरमा प्रभात फेरि निकालिएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *