२०८२ जेष्ठ ४ गते शुक्रवार

बंगाचुली गाउँपालिका वडा नम्वर ५ को वडा कार्यालय सहित विभिन्न स्थानमा चोरी

दाङ,पुस १८ । दाङको बंगाचुली गाउँपालिका वडानम्वर ५ को विभिन्न ठाउँमा गएराती चोरी भएको छ ।

चोरले बंगलाचुली गाउँपालिका वडानम्वर ५ को वडा कार्यालय,लोहारपानी स्वास्थ्यचौकी, मनिषा होटेल र ठग बहादुर खत्रीको घर फोडेको छ ।

चोरले सबैभन्दा धेरै मनिषा होटेलबाट चोरेको छ ।होटलका संचालक भुपेन्द्र बहादुर पुनका अनुसार ६३ हजार नगद र करिव ढाईतोला विभिन्न गरगहनाहरु चोरेको छ ।

चोरले नगद सहित दुईवटा माईली तिल्लहरी, एउटा बाला, एउटा चन्द्रमा, दुईवटा ‍औँठी, एउटा घाँटीमा लगाउने चोकर, एक जोली टप लगेको छ ।

त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर ५ को वडा कार्यालयबाट चोरले ५ वटा दराज फोडेको छ । दराजमा रहेको ८ हजार ५ सय १ रुपैँया लगेको वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्तीले जानकारी दिए ।

वडा अध्यक्ष घर्तीका अनुसार चोरले लोहारपानी स्वास्थ्यचौकीको पाँचवटा दराज फोडेको छ । भने बंगलाचुली गाउँपालिका वडा नम्वर ५ मुर्कुटी निवासी ठग बहादुर खत्रीको घरको ताला तोडेको छ ।

सबै ठाउँमा एकैचोटी चोरीभएको हुन सक्ने अनुमान छ । राति करिव १२ बजेत देखि डेढ बजेको विचमा चोरीभएको हुनसक्ने बताईएको छ ।

प्रकाशित मिति : २०७९ पुष १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *