२०८२ माघ २३ गते शुक्रवार

दाङबाट रोल्पाको तालाबाङमा बस चल्न थाले

सुर्यप्रकाश बुढा मगर,रोल्पा, पुस १६ । यतिबेला रोल्पाका ग्रामिण सडकमा ठूला यातायात पु¥याउन होडबाजी चलिरहेको छ।

यो हप्ता मात्र माडी गाउँपालिका वडा– ३ तालाबाङको धनथान हिलेमा पहिलो पटक यात्रु बहाक बस पुग्योका थियो ।

दाङको तुलसीपुरदेखि पुस १३ गते त्रिद्धेश्वरी राप्ती यातायात प्रालिको रा १ ख १९१२ नम्बरको बस त्यहाँ पुगेको हो ।

यो संगै रोल्पाको माडी गाउँपालिकाको धनथान हिलेदेखि गंगादेव गाउँपालिका – ७ जायचौर हुँदै दाङको तुल्सीपुर सम्मको यातायात सेवा सुरु भएको छ ।

त्यस्तै पुस १५ गते फेरि घर्ती गाउँ,तालाबाङ हुँदै दाङ घोराहीका लागि १५ गते रोल्पा जलजला यातायात प्रालिको ना ५ ख २७८६ नम्बरको बस पठाइयो ।

यहाँबाट माडी गाउँपालिका – ३ को धनथान हिलेदेखि तालाबाङ,घर्ती गाउँ हुँदै दाङको घोराहीसम्मको सेवा सुरु गरिएको छ ।

त्रिद्धेश्वरी प्रालिबाट बस धनी टंकबहादुर वली र रोल्पा जलजला प्रालिबाट केवल बाँठा मगरले बस संचालन गरेका छन् । सेवा सुरु भएपछि स्थानीय सर्वसाधारण खुसी छन् ।

माडी– ३ का वडाध्यक्ष बलबहादुर बुढा मगरले वडामा दुई ठाउँबाट यातायात सेवा सुरु हुनु खुसीको कुरा भएको बताए ।

बस सेवा सुरु हुने आफैमा राम्रो पक्ष भएको भन्दै उनले नागरिकको जीवनलाई ध्यान दिएर बस धनी तथा चालकले यातायात सञ्चालन गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *