२०८२ माघ २३ गते शुक्रवार

बुटवलमा बलेरो पिकअप जिप दुर्घटना,एकको मृत्यु २ घाइते

बुटवल, पुस १६ । बुटवलको अस्पताल लाईनमा भएको सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ ज ६३६७ नम्बरको बलेरो पिकअप जिप शुक्रबार राति दुर्घटना हुँदा प्युठानको गौमुखी गाउँपालिका वडा नं. १ का २८ वर्षिय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त जिप अनियन्त्रीत भई पल्टिदा भएको दुर्घटनामा परि सोही स्थानका २९ वर्षिय सुरेश तामाङ र मिन बहादुर तामाङ घाईते भएका छन्।

घाईते मध्ये सुरेश तामाङको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

प्रहरीका अनुसार तिव्र गतिमा सडकको बायाँ साईडबाट गुडिरहेको उक्त जिप सडकको मध्य भागमा रहेको पर्खाल र बार नाघेर विपरित दिशामा पुगेको थियो।

सडकको एउटा किनारबाट अर्को किनारमा पुगेको उक्त जिपले ठक्कर दिँदा सडक किनारमा रहेको बिजुलीको पोल समेत भाच्चिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *