तुलसीपुर, पुस १४ । जनउत्थान सामुदायीक लघुवित्त वित्तीय संस्था शान्तिनगरले बिमा वापतको रकम हस्तान्तरण गरेको छ ।
लघुवित्तकी सदस्य स्वर्गीय यीम कुमारी घिमिरेका श्रीमान नरीश्वर घिमिरेलाई एक कार्यक्रमको आयोजना गरेर ३ लाख बराबरको चेक प्रदान गरेको हो ।
तुलसीपुर –७ गैरापातु निवासी यीमकुमारीको कार्तिक १७ गते निधन भएको थियो । त्यसैगरी लघुवित्तले किरिया खर्च वापत १० हजार रकम पनि उपलब्ध गराएको छ ।
लघुवित्त अन्तर्गत गठन भएको समूहबाट ३ लाख रुपैयाँ ऋण लग्दा सिटिजन लाइभ इन्सुरेन्स संग इमकुमारीको बिमा गरिएको थियो ।
जनउत्थान सामुदायिक लघुवित्त कोहलपुर अनुगमण वेसका डिल्लीराम खड्काको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका –७ का वडाध्यक्ष रामबहादुर जिसीको प्रमुख आथित्यमा रकम हस्तान्तरण कार्यक्रम भएको हो । उक्त कार्यक्रमको सहजीकरण समाजसेवी शिवबहादुर विकले गरेका हुन ।