२०८३ भाद्र १० गते बुधवार

प्रेस युनियनको प्रदेश अधिबेशन दाङमा हुने

घोराही,पुस १० । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको अधिवशन दाङमा हुने भएको छ ।

आईतवार घोराहीमा बसेको युनियनको भेलाले माघको ५ र ६ गते दाङमा युनियनको लुम्बीनी प्रदेश भेला गर्ने निर्णय गरेको हो ।

नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष एवं लुम्बीनी प्रदेश अधिवेशन आयोजक समितिका संयोजक माधव अर्यालको अध्यक्षतामा भएको भेलाले माघको ५ र ६ अधिवेशन गर्ने निर्णय गरेको नेपाल प्रेस युनियन दाङका सचिव आर.के.शीतलले जानकारी दिए ।

भेलाले अधिवेशनकालागी विभिन्न समितिहरु गठन गरेको छ ।

जसमा नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी संयोजक रहेको आर्थिक संकलन समिति, देवेन्द्र बस्नेत संयोजक रहेको आवास तथा भोजन व्यवस्थापन समिति, अञ्जना चौधरी संयोजक रहेको अतिथि सत्कार समिति गठन गरिएको छ ।

भेलामा नेपाल प्रेस युनियनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष सलोजा दाहाल, जिवन भण्डारी, महासचिव दिलिप पौडेल, लुम्बीनी प्रदेशका पूर्व संयोजक देवेन्द्र बर्मा, केन्द्रिय कोषाध्यक्ष मावध धिताल, नेपाल प्रेस युनियनका नेता एवं पूर्व केन्द्रिय सदस्य सुदीप गौतम, युनियन दाङका सल्लाहकार बसुन्धरा गौतम लगायत नेपाल प्रेस युनियनका लुम्बीनी प्रदेशका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *