२०८१ बैशाख ११ गते मङ्गलवार

दलित सेवा सघको राष्ट्रिय महाधिवेशन तुलसीपुरमा सुरु

तुलसीपुर,पुस ३ । दलित सेवा सघको २८ औ साधारणसभा एबम राष्ट्रिय महाधिवेशन तुलसीपुरमा सुरु भएको छ ।

दलित सेवासघ केन्द्रिय कार्यालय काठमाडौको आयोजनामा आइतबार देखि उक्त कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा सस्थापक अध्यक्ष मोतिलाल नेपालीले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन ।

दलित सेवा सघ केन्द्रिय अध्यक्ष इस्वरी प्रसाद बिकको अध्यक्षतामा भएको कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी सस्थापक अध्यक्ष नेपालीले दलितहरुको अवस्था अहिले पनि जिउँको तिउ रहेको बताए ।

दलितहरुका हक अधिकारहरु कागजी रुपमा मात्र सिमित भएको बताउँदै उनले अब यसको कार्यान्वयनको पाटोलाई अगाडी बढाउनुपर्ने तर्क गरे ।

त्यस अवसरमा पठाकि पुन, दलित सघ लुम्बिनी प्रदेश अध्यक्ष जोगेन्द्र बिस्वकर्मा,तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानि चौधरी, अध्यक्ष लिला बिक लगाएतले जातीय छुवाछूतका विरुद्धमा एक्यवद्धता जनाउनुपर्ने बताए ।

दलित सेवा सघले नेपालका सबै जिल्लामा शाखा स्थापना गरि छुवाछूतलाई अन्त्य गर्न विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ ।

सघंका केन्द्रिय सह–उपाध्यक्ष भुमी बितालुको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सघका केन्द्रिय महासचिब सन्जु बिक गरेका थिए ।

सघंले कार्यक्रम अघि बाजागाँजा र्याली सहित बजार परिक्रमा गरि समिक्षालयमा पुगेर कोणसभा परिणत भएको थियो । सघंको कार्यक्रममा भोलीसम्म चल्ने छ ।

प्रकाशित मिति : २०७९ पुष ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *