तुलसीपुर,पुस १ ।तुलसीपुरमा जारी प्रथम लुम्बिनी प्रदेश स्तरीय कृषी तथा पर्यटन महोत्सवमा दर्शकहरुको संख्या बढ्दै गएको छ ।
गएको मंसिर २५ गतेदेखि सुरु भएको महोत्सवमा दैनिक रुपमा दर्शकहरुको संख्या बढ्दै गएको हो । अन्य दिनको तुलनामा शुक्रबार मेलामा दर्शकहरुको संख्या बढेको मेला आयोजक युथ्स अफ तुलसीपुरले जनाएको छ ।
मेलामा व्यापारसंगै विभिन्न मनोरञ्जन तथा सांङगितिक कार्यक्रम हुँदै आएको छ । शुक्रबार चर्चित गायक रमेशराज भट्टराई, चर्चित गायिकाहरु सहिमा श्रेष्ठ, सृजना खत्रीलगायत स्थानीय स्तरका कलाकारहरुले दर्शकहरुलाई नचाएका थिए ।
गायक भट्टराईल बेहुली बनाउँछु भन्थि बहुला बनार गई, तिमी लास्टै व्युउटी छौ र पो म फिदा भाको छु, खुट्टा भए जुत्ता छानी छानी पाइन्छ यो बजारमा, माया लाको तिम्ले र मैले दुनियालाई के सवाल भो, मेरी नथिया वाली लगायतका चर्चित गितहरुको गाएर दर्शकहरुलाई छमछमी नचाएका थिए ।
त्यसैगरी गायिका महिमा श्रेष्ठले पनि दर्शकहरुलाई नचाएकी थिईन् ।
उनले ओखल, ढोक्कल पिपल पात, तिम्रो पिक्चर हिटलगायतका चर्चिक गितहरु गाएकी थिईन् ।
यसैबीच मेलामा भोली चर्चित लोकदोहोरी गायक तथा मोडल प्रकाश सपुत आउँदै छन् । तुलसीपुरमा अत्याधुनिक पुस्तकालय निर्माणको लागि सञ्चालन भएको मेला पुस ६ गतेसम्म चल्नेछ ।