२०८३ भाद्र १२ गते शुक्रवार

दाङ राजधानी कार्यान्वयन संघीयताको जित भएको छ – मुख्यमन्त्री केसी

‘प्रदेश मुकाम बुटवल’ भन्ने शब्द अबदेखि नरहनेपनि

मसुरिया, मंसिर २८ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले बुधबारदेखि सरकारको सम्पूर्ण काम देउखुरीबाट प्रारम्भ भएको घोषणा गरेका छन् ।

प्रदेश राजधानी शुभारम्भ कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै लुम्बिनीले संघीयता कार्यान्वनमा जितेको उनले बताए ।

यो जित लुम्बिनीका बाह्रै जिल्लाका लाखौं जनताको जित भएको तर्क उनले गरे ।
यसअघि उनीमाथि रातारात सुटुक्क बुटवलबाट आफ्नो र मुख्य मन्त्रीको कार्यालय ओरासेरको आरोप बुटवल तर्फका मानिसले आरोप लगाउँदै आएका थिए ।

त्यस तर्फ संकेत गर्दै मुख्य मन्त्री केसीले कुनै परिणामका लागि साहश चाहिने भन्दै त्यही साहश प्रदर्शन अन्तर्गत संघीयता कार्यावयनमा अहिले सरकार सफल भएको धारणा राखे ।

त्यस्तै उनले प्रलेशको निशान छापबाट ‘प्रदेश मुकाम बुटवल’ भनेर लेखिएको शब्द अबदेखि नरहनेपनि स्पष्ट पारे ।

लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल भनेर निशान छापमा रहेको शब्द हटाएर अब स्थायी दाङको राजधानी ‘देउखुरी’ उल्लेख गरिने उनले घोषणा गरेका थिए ।

मुख्यमन्त्री केसीले प्रदेशको गौरवको आयोजना अन्तर्गत राजधानी कार्यान्वयन, पहाडी सडक, प्रादेशिक अस्पताल, प्रदे विश्वविद्यालय स्थापना प्रदेश सरकारको उपलब्धि भएको तर्क गरेका थिए ।

राजधानी कार्यान्वयनमा सहयोग गर्ने मन्त्रीहरू, सभामुख, उपसभामुख सहित कर्मचारी र सुरक्षा निकायलाई धन्यवादपनि दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशमा अपायक र भेग नमिलेको गुनासो प्रदेश राजधानीको कार्यावयनले अन्त्य गरेको बताए ।

राजधानीको कार्यारम्भका लागि आयोजित झण्डोत्तोलन पछि सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले अपायक र भेग नमिलेको गुनासो बुधबारदेखि अन्त्य भएको तर्क गरे ।

अब आधुनिक शहर बनाउने अवसरकारूपमा राजधानीलाई उपयोग गर्न प्रदेश सरकारलाई उनले आग्रह गरे ।

लुम्बिनी अन्तर्राष्ट्रिय क्षेत्रमा चिरपरिचित प्रदेश रहेको भन्दै उनले महान दार्शनिक गौतमबुद्ध जन्मेको प्रदेश भएका कारण लुम्बिनीको छुट्टै महत्व रहेको उल्लेख गरे ।

प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी बोकेको प्रदेशसभाले संविधान बमोजिम नामाकरण र राजधानी तोकेको स्थानमा कार्यआरम्भ भएकोमा उनले खुसी व्यक्त गरेका थिए ।

प्रदेशसभाले गरेको निर्णयलाई कार्यान्वयन गरेकोमा मुख्यमन्त्रीसहित प्रदेश सरकारलाई उनलेपनि बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सभामुख पुर्ण घर्ती, प्रदेश स्वास्थ्य मन्त्री ईन्द्रजित चौधरी, प्रमुख सचिव डा . दीपक काफ्ले लगायतले सम्बोधन गरेका थिए ।

बुधबार दाङ देउखुरीस्थित राप्ती गाउँपालिका वडा नं. ३ को साबिक राप्ती प्रादेशिक शिक्षामा तामझामकासाथ प्रदेश प्रमुखबाट झण्डोत्तलन गराई राजधानीबाट कार्य प्रारम्भ गरिएको हो ।

झन्डोउत्तोलन पूर्व बिभिन्न कला संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *