२०८१ जेष्ठ १५ गते मङ्गलवार

तुलसीपुरमा हाइस र मोटरसाइकल ठोक्किदा एकजना गम्भीर घाइते

तुलसीपुर,मंसिर २७ ।  तुलसीपुरमा हाइस र मोटरसाइकललाई ठोक्कीदा मोटरसाईकल चालक गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मंगलबार बेलुका सवा ६ बजेतिर तुलसीपुरदेखि जसपुर तर्फ जादै गरेको लु ७७ प ९०६६ नम्बरको मोटरसाइकल र विपरित दिशा बाट आउँदै गरेको रा १ ख २८७२ नम्बरको हाइस ठोक्कीदा मोटरसाईकल चालक तुलसीपुर ११ उरहरी निवासी ३२ वर्षिय कृष्ण चौधरी गम्भीर घाइते भएका हुन् ।

उनको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको छ ।

साथै गाडी र चालकलाई ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *