तुलसीपुर, मंसिर २७ । पश्चिम दाङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
दंगीशरण गाउँपालिका वडा नं. ६ का १७ बर्षीय सुदीप चौधरीको मृत्यु भएको छ । चौधरी रा १ ब ४५३३ नम्बरको ट्याक्टरको सहचालक हुन ।
उक्त ट्याक्टर दंगीशरण ३ बबई नदीको एकलीबाट ढुँगा बोकेर सिमठानातर्फ जाँदै गरेको थियो ।
तीब्र गतिको ट्याक्टर अनियन्त्रित भइ सोमबार राति ८ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरको संचार शाखाले जानकारी दिएको छ ।
दुर्घटनाका गम्भीर घाइते चौधरीलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
चालक र ट्याक्टर बागर प्रहरीको नियन्त्रणमा रहेका छन् ।
प्रकाशित मिति : २०७९ मङ्सिर २७ गते मङ्गलवार
