तुलसीपुर, मङ्सिर २७ । दाङको तुलसीपुरमा जारी प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सवमा आज मंगलबार चर्चित गायक खुमन अधिकारी आउने भएका छन ।
कार्यक्रममा गायीका टिका सानु,मन्जु पौडेल,मोडल तथा डान्सर अभिषेक खड्कालगाएत कलाकारको साँगितिक प्रस्तुती रहने छ ।
तुलसीपुरमा पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवले स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने थप उद्देश्यले लिएको आयोजकले जनाएको छ ।
महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ ।
महोत्सव पुस ६ गते सम्म सञ्चालन हुने छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर २७ गते मङ्गलवार