२०८१ बैशाख १३ गते बिहिवार

लुम्बिनीको राजधानी दाङमा मंसिर २८ गते झण्डोत्तोलन र औपचारीक रुपमा कामकाज सुरु हुने

लालमटिया(दाङ), मंसिर २६ । लुम्विनी प्रदेशको स्थाइ राजधानी कार्यान्वयन र व्यवस्थापनको प्रक्रिया सुरु भैसकेको छ ।

सोहि अनुरुप भोलि मंसिर  २८ गते मुख्य मन्त्रीको कार्यालयमा झण्डोत्तोलन गरी विधिवत रुपमा स्थाइ राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यान्वयन भएको घोषणा गरिने छ ।

त्यसकालागी सम्पूर्ण  तयारी पुरा भैसकेको राप्ती गाउपालिकाका अध्यक्ष तथा राजधानी व्यवस्थापन मुल समितिका संयोजक प्रकाश विष्टले जानकारी दिएका छन् ।

औपचारिक  रुपमा तोकिएको स्थानमा राजधानी कार्यान्वयनको सुरुवात मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट हुने छ ।

सो कार्यालयमा प्रदेश प्रमुख अमिक सेर्चनले झण्डोत्तोलन गरेपछि औपचारीक रुपमा लुम्विनी प्रदेशको राजधानी तोकिएकै स्थानमा विधिवत रुपमा कार्यान्वयनमा आउने छ ।

मुख्य मन्त्रीको कार्यालय विधिवत रुपमा यहां व्यवस्थापन भएसंगै यस अघि स्थापीत शहरी विकाश मन्त्रालय र स्वास्थ्य मन्त्रालयका कर्मचारीले पनि यहि मुकामबाट कामकाज गर्न बाटो खुल्ने छ । अन्य मन्त्रालय तथा कार्यालयहरु पनि चांडै तोकिएको मुकाममा कामकाज सन्चालनकालागी आउने छन् ।

मुल समितिका संयोजक विष्टका अनुसार राजधानीलाइ तोकिएको स्थानमा स्वागत गर्न विभिन्न कार्यक्रमहरु राखिएका छन् ।

बजार सरसफाइ देखि मन्त्रालय र विभागिय कार्यालयहरुकालागी पनि संभावित स्थानको व्यवस्थापन भैरहेको छ । राप्ती गाउपालिकाको समन्वयमा भालुवाङमा मंगलवार सम्म डिजिटल स्वागत द्धार निर्माण भैस्क्ने छ ।

तोकिएको स्थाइ मुकाम कार्यान्वयनका लागी राप्ती उपत्यकाका तीन वटै पालिकाले विविध सांस्कृतिक झाकिहरुको व्यवस्थापन गरीसकेको पनि मुल व्यवस्थापन समितिका संयोजक विष्टले जानकारी दिएका छन् ।

सो अवसरमा गुरुङ र मगर समुदायको सोरठि तथा पन्चेवाजा प्रस्तुती हुने छ । त्यसै गरी दाङ जिल्ला थारु समुदायको पनि वाहुल्यता भएका कारण थारु समुदायका झुम्का नाच, वड्का नांच लगायतका विविध सांस्कृतिक प्रस्तुतीहरु रहने छन् । त्यसमा दाङ जिल्लाका अन्य पालिकाले पनि आफुले चाहेका सांस्कृतिक प्रस्तुतीहरु देखाउन सक्ने छन् ।

प्रदेश सरकारले नेपालको संविधानको धारा २८८ को उपधारा २ वमोजिम प्रदेश नंवर ५ को प्रदेशसभाबाट तत्काल कायम रहेका सदस्य संख्याको दुइतिहाइ वमहुहतबाट यहां स्थाइ राजधानी पारीत गरिएको थियो ।

त्यसैगरी नेपालको संविधानको धारा २९५को उपधारा २ वमोजिम प्रदेश नंवर ५ को तत्काल कायम रहेका सदस्य संख्याको दुइतिहाइ वहुमतबाट मिति २०७७÷०६ २० गतेका दिन प्रदेशसभाबाट प्रदेश नंवर ५ को नाम लुम्विनी प्रदेश राखिएको थियो ।

सो सुचना प्रदेश राजपत्रमा समेत उल्लेख भैसकेको छ । प्रदेश राजपत्रको सुचना प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले सार्वजनिक सुचना समेत जारी गरेका थिए ।

स्थाइ राजधानी व्यवस्थापनका क्रममा देउखुरीको लालमटियास्थीत राप्ती प्राविधिक शिक्षालय अन्यत्र व्यवस्थापन भै खालि भैसकेको छ । त्यहि स्थानमा प्रदेशसभा भवन निर्माणको केहि काम मात्रै बांकि रहेको छ ।

राप्ती प्राविधिक शिक्षालयको क्षेत्र प्रदेश राजधानीको स्वामित्वमा आएसंगै अहिले सय भन्दा बढि मज्दुरहरुले राप्ती प्राविधिक शिक्षालयको स्वामित्वको क्षेत्रमा सरसफाइ गरीरहेका छन् । त्यसैगरी प्रदेशसभा भवनको चाडै सम्पन्न गर्नकालागी रातदिन काम भैरहेको छ ।

प्रदेश सरकारले झण्डोत्तोलन कार्यक्रमलाइ भव्य र सभ्य बनाउने छ । त्यसकालागी वाह्रवटै जिल्लाका जिल्ला समन्वय प्रमुखहरुलाइ सहभागि बनाउने तयारी आन्तरीक मामिला मन्त्रालयले गरीरहेको छ ।

कार्यक्रममा दाङ जिल्लाका सवै पालिकाका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षहरुको पनि सक्रिय सहभागिता हुने राजधानी व्यवस्थापन मुल समितिले जनाएको छ ।

सञ्चार क्षेत्रको चहलपहल बढ्यो

यसैबीच स्थाइ राजधानी कार्यान्वयन हुंदै गर्दा बुटवलबाट पनि भौतिक निर्माणको अवस्था बुझ्न र तयारीका वारे जानकारी लिन पत्रकारहरु आउने क्रम पनि सुरु भएको छ ।

केहि सामाजिक सन्जाल तथा आधिकारीक मिडियामा रातारात राजधानी सार्न लागेको पत्रकारहरुको जिज्ञासामा मुख्य मन्त्री कुल वहादुर केसीले आफुले संविधानले व्यवस्था गरेको अधिकार कार्यान्वयनमा ल्याउन मात्रै थालेको पत्रकार भेटघाटका अवसरमा बताएका छन् ।

सोमवार उनकै निवासमा रिपोटर्श क्लव लुम्विनी प्रदेशले आयोजना गरीएको कार्यक्रममा मुख्य मन्त्री केसीले स्थाइ राजधानी संविधानको धारालाइ टेकेर प्रदेशसभाको दुइतिहाइ वहुमतले पारीत गरीसकेको विषय भन्दै यसलाइ कार्यान्वयनमा ल्याउन मात्रै आफुले अर्थपुर्ण पहल गरेको बताए ।

‘रातारात राजधानी सारेको भन्ने नबुझिदिनु होला, हामीले गरेको भनेको मुलुकको मुल संविधान अनुरुप प्रदेशसभाले गरेको निर्णयको कार्यान्वयन मात्रै हो’, मुख्य मन्त्री केसीले भने । पत्रकारहरुले भौतिक पुर्वाधारको कुरा उठाउदै गर्दा लुम्विनी प्रदेश सरकारका तेह्रवटा मन्त्रालयलाइ तत्काल व्यवस्थापन गर्नकालागी स्थानिय पालिका लागीरहेको छ ।

सोहि कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले स्थाइ राजधानी कार्यान्वयनका सन्दर्भमा दाङ जिल्लाका दशवटै पालिका तयार रहेको बताए ।

‘हामीले ६ वटा मन्त्रालय र एउटा कोलेनिकालाइ तत्कालै व्यवस्थापन गर्न आतुर छौं, राप्ती गाउपालिकाकै भवनमा हामीले कोलेनिका सहित एउटा मन्त्रालय, राप्ती गाउपालिकाको २ नंवर वडामा अर्को एउटा मन्त्रालय, वडा नंवर ८ र ७ मा अरु दुइ मन्त्रालय तत्काल राख्न सक्ने गरी खालि समेत गराएको जानकारी गराउन चाहन्छु’, संयोजक विष्टले भने ।

बाकि रहेका मन्त्रालयहरुलाइ राप्ती प्राविधिक शिक्षालयको खालि भएको भवनहरुमा व्यवस्थापन गर्न हामीहरु आतुर छौं ।

साथै राप्ती गाउपालिकाले कर्मचारीहरुको डेरा व्यवस्थापनका लागी पनि कार्यपालिका बैठक बाट भाडा निर्धारण गरीसकेको छ । प्रदेश सरकारका कम्तिमा ४ सय कर्मचारीकालागी भाडा व्यवस्थापनकालागी पालिकाले उपसमिति पनि बनाइसकेको छ ।

भाडा प्रति कोटाको दुइ हजार देखि तीन हजार सम्म मात्र लिन पाइने छ । त्यसकालागी पनि केहि भौतिक पुर्वाधारको सिमा गाउ कार्यपालिकाको बैठकले तोकेको छ । भोलि हुने झण्डोत्तोलनलाइ भव्य र सम्भ बनाउन वाह्र जिल्लाका जनप्रतिनिधिहरुलाइ पनि राप्ती गाउपालिकाले चुल्हे निम्तो दिएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *