२०८२ असार ७ गते आइतवार

तुलसीपुर उपमहानगरको गेटमा फेरि ब्यापारीको ताला

तुलसीपुर मेलाको उद्घाटन

तुलसीपुर, मंसिर २५ । ब्यापारीले आइतबार फेरि तुलसीपुर उपमहानगरपालिकाकाको गेटमा ताला लगाएका छन् ।

मंसिर १५ गतेपनि तुलसीपुरका ब्यबसायीले उपमहानगरको कार्यकक्ष प्रबेश गर्ने मुल द्धारमै तालबन्दी गरेका थिए ।

आइतबारदेखि तुलसीपुरमा मेला संचालनमा आएपछि सहमति विपरित मेला सञ्चालन गरेको भन्दै पुनः तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा गेटमा ताला लगाइएको हो ।

संघका पदाधिकारीहरु दिनभर उपहानगरपालिकाको गेटमा धर्नामा बसेका थिए ।
त्यसपूर्व उनीहरुले बजारमा मेलाको बिरोधमा माइकिङसहित ¥याली निकालेका थिए ।

मेलाको बिरोधमा बिहान तुलसीपुरमा आधाघण्टा चक्का जामसमेत भएको थियो । ब्यबसायी कालो झण्डा राखेर बिरोध प्रदर्शन गर्दै चककाजाममा उत्रिएका थिए ।

पछिल्लो समयपनि ब्यबसायीले मेयर टिकाराम खड्काको असक्षमताका कारण मेलाको विषयमा एक महिना अघिदेखि बिबाद उत्पन्न भएको दोषारोपन गर्दै आएका छन् ।

यही बिबादका बीच तुलसीपुर– ६ हात्तीखौवा चोक नजिकै प्रथम लुम्बिनी प्रदेशस्तरिय पर्यटन तथा कृषि तथा पर्यटन महोत्सव सञ्चालनमा आएको छ ।

     मेयर मेलाको सवालमा दोहोरो चरित्र देखाएको बाणिज्य संघका अध्यक्ष रामप्रशाद चालिसेले बताए ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र मेयर खड्काको उपस्थितिमा मेला बारे चार बुदे सहमति भएपनि त्यस विपरित मेला सञ्चालन गर्न अनुमति दिनुले मेयरको असक्षमता छताछुल्ल भएको अध्यक्ष चालिसेले आरोप लगाए ।

उक्त सहमतिमा मेला लगाउँदा उद्योग बाणिज्य संघ र च्याम्बर अफ कमर्षले सिफारिस गरे अनुरुप स्टल तथा सामान मात्रै राख्न पाइने बुँदा उल्लेख थियो ।

कृर्षि तथा पर्यटन मेला भनिएपनि मेलामा लत्ता कपडादेखि फेन्सी आइटम लगाएत लगभग सबै सामाग्री राखिएपछि त्यसको बिरोधमा ब्यबसायी उत्तिएका हुन ।

सहमतिमा अनुसार मेला सञ्चालनका लागि पहल नगरे तुलसीपुर बजार ठप्प पार्ने, फोहोर उठाउने गाडी समेत चल्न नदिने र आन्दोलन जारी राख्ने अध्यक्ष चालिसेले दाबी गरे ।

उपमहानगरपालिकाले निजी क्षेत्रले उठाएका मागहरुलाई ब्यवास्ता गरिरहे ब्यबसाय कर नतिर्ने उनले चेतावनी दिए ।

राज्यमन्त्री श्रेष्ठले गरे मेलाको उद्घचाटन
ब्यबसायीको बिरोधका बाबजुद मेलाको लुम्बिनी प्रदेशका सिचाई तथा जलस्रोत राज्यमन्त्री अर्जुन श्रेष्ठले उद्घाटन गरेका छन । उनले ब्यबसायीले मेलाको बिरोध गर्न नसुहाउने तर्क गरेका थिए ।

आयोजक संस्थाले भने मेला महोत्सव बाणिज्य संघको मात्रै पेवा हुन नसक्ने बताउँदै आएको छ ।

सिन्डिकेट लाद्न खोजिनुलाई कुनैपनि हालतमा सही मान्न नसकिने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *