२०८३ भाद्र १२ गते शुक्रवार

लुम्बिनी प्रदेश ः लैगिंक हिंसाका घटना बाँकेमा बढी

दाङ,मंसिर २४ । लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसाका मुद्दाको तथ्याङ्क हेर्दा बाँके जिल्लामा सबैभन्दा बढी हिंसाका घटना रहेको तथ्याङ्कले देखाएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा २०७९ साल साउनदेखि कात्तिक मसान्तसम्मको नेपाल प्रहरी लुम्बिनी प्रदेश कार्यालयको तथ्याङ्कअनुसार बाँके जिल्लामा दुई सय ८३ जना विभिन्न खाले लैङ्गिक हिंसामा परेको देखिएको छ ।

यसैगरी रुपन्देही जिल्लामा एक सय ८६ वटा हिंसाका घटना सार्वजनिक भएका छन् भने कपिलवस्तुमा एक सय १५, नवलपरासीमा एक सय चार र बर्दियामा ९३ हिंसा भएको देखिन्छ ।

दाङ र अर्घाखाँचीमा ३४, पाल्पामा ३२, गुल्मी २५, रोल्पा २३, रुकुम १२ र प्यूठान नौवटा हिंसा भएको देखिन्छ ।

प्रहरीको तथ्याङ्कअनुसार प्रदेशभरिमा चार महिनाको अवधिमा नौ सय ५० वटा हिंसाजन्य घटना भएका छन् ।

त्यसमध्ये ७८ हिंसाको घटना प्रहरीमा मिल्न नसकी अदालती प्रक्रियामा गएका छन् भने एक सय २० वटा पीडकहरु सम्पर्कमा नै आएका छैनन् ।

 

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *