२०८१ जेष्ठ ८ गते मङ्गलवार

प्रदेश राजधानीमा स्थानीय सरकारको उत्साह

प्रवेशद्धारमा डिजिटल गेट, दशै पालिकाका भिन्न -भिन्न झांकि


लालमटिया(देउखुरी), मङ्सिर २१। लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्रीको मुकाम स्थायी राजधानी तोकिएसंगै स्थानीय सरकारहरु पनि राजधानी व्यवस्थापनको सहजीकरणमा उत्साहित भएका छन् ।

जिल्ला समन्वय समितिको आयोजनामा राप्ती गाउपालिकाको सभाहलमा बुधवार भएको कार्यक्रममा स्थानीय सरकारका प्रमुखहरुले राजधानी व्यवस्थापनमा आफुहरुले आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षता तथा लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको राजधानी व्यवस्थापन सहजीकरण कार्यक्रममा पालिकाहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा यहांका स्थानीय सरकारहरुले प्रवेश राजधानीका मुख्य प्रवेशद्धारमा दुइ वटा स्तरीय डिजिटल स्वागत गेट निर्माण गरीने छन् ।

एउटा गेट भालुवाङमा निर्माण गरिने छ भने अर्को डिजिटल गेट अमिलियामा निर्माण गरिने निर्णय भएको छ ।

त्यसैगरी सवै पालिकाहरुले आ-आफ्नो क्षेत्रमा आवस्यकता अनुसार अस्थायी वा स्थायी प्रवेशद्धार निर्माण गर्ने पनि सहमती भएको छ ।

साथै सपथ ग्रहण र राजधानी दाङ स्थापित भएको दिन दाङ जिल्लाका दशवटै पालिकाहरुले भिन्न-भिन्न सांस्कृतिक झाकीहरुलाइ राप्ती गाउपालिकामा उतार्ने छन् ।

त्यसको सवै व्यवस्थापन स्वयम पालिकाले गर्ने पनि बैठकमा निर्णय भएको छ । संभवतः स्थाइ मुकाम औपचारीक रुपमा यहि महिनाको अन्तिम साता सम्म हुन सक्ने छ ।

सपथ ग्रहण र झण्डोत्तोलनको काम एकै दिन प्रदेश प्रमुखबाट गरीने पनि अन्तिम तयारी भएको कार्यक्रममा अनौपचारीक जानकारी गराइएको थियो ।

औपचारीक कार्यक्रमलाइ भव्य र सभ्य बनाउन कुनकुन पालिकाले केके जिम्मेवारी लिने भन्ने सन्दर्भमा चांडै लुम्विनी प्रदेश सरकारले पत्राचार गर्ने निर्णय भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लुम्विनी प्रदेशका मुख्य मन्त्री कुलप्रसाद केसीले राप्तीमा राजधानी बनाउने कुनै नयां निर्णय नभएको बताउंदै यस अघि लुम्विनी प्रदेशसभाको दुइतिहाइ वहुमतले गरेको निर्णयलाई कार्यान्वयनमा ल्याउन मात्रै आफु लागेको बताए ।

शुसासनका लागि संविधानको कार्यान्वयन अपरीहार्य भएको बताउंदै प्रदेशको स्थाइ राजधानी पनि संविधानको धारा वमोजिम भएकाले कसैले विरोध गर्न आवस्यक नभएको पनि उनको अभिव्यक्ति थियो ।

‘म जहां बस्छु, त्यहिं स्थाइ मुकाम हो, हामीले निर्माण गरेको प्रदेशसभा भवन सातै प्रदेशमा उत्कृष्ठ छ’, प्रमुख अतिथि केसीले भने । अन्य मन्त्रालयकालागी पनि सवै तयारी पुरा भैसकेकाले स्थाइ राजधानी यहां ल्याउन कुनै समस्या नभएको अभिव्यक्ति पनि उनले दिए ।

‘हामीले अन्तिम तयारी गरीसकेका छौं, प्रदेश प्रमुखको कार्यालयको व्यवस्थापन र अन्य मन्त्रालयलाइ पनि स्थानान्तरणको व्यवस्थापन सहित नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण यहिको प्रदेशसभा भवनमा हुने छ ।

अहिले मुख्य मन्त्री तथा मन्त्री परीषदको कार्यालय राप्ती गाउपालिकाको तेस्रो तल्लामा सन्चालन भैसकेको छ । मन्त्रालयका सचिव, सहसचिवदेखि अन्य कर्मचारीहरु समेत यहाँ आइसकेका छन् ।

‘नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण यहि हुने छ, उहांहरुलाइ स्वागत गर्न तपाइ स्थानीय सरकारका प्रमुख तथा पदाधिकारीहरु तयार हुनुहोला’, मुख्यमन्त्री केसीले भने ।

त्यसै अवसरमा प्रदेश सरकारले अघि सारेका चार वटा गौरवका योजना कार्यान्वयनमा पनि स्थानिय सरकारको साथ र सहयोगको अपेक्षा गरे ।

लुम्विनी प्रादेशिक अस्पतालको स्तरबृद्धि, प्रदेश राजधानी जग्गा एकिकरण कार्यक्रम, पाल्पा—रोल्पा सडक कालोपत्रे, बांके वर्दियामा वहु प्राविधिक विश्व विद्यालय लगायतका गौरवका योजना कार्यान्वयनमा सवैको साथ र सहयोगको पनि मुख्यमन्त्री केसीले अपेक्षा गरे ।

साथै उनले संविधान अनुरुप तोकिएको स्थाइ मुकाम कार्यान्वयनका सन्दर्भमा अनेक खालका गलत टिकाटिप्प्णि नगर्न पनि सन्चार माध्यमहरुलाइ आग्रह गरे ।

सो अवसरमा लुम्विनी प्रदेशका राजनितिक सल्लाहकार अमर डांगीले राजधानी संविधान अनुरुप घोषणा भैसकेकाले यसमा उत्तेजना नफैलाउन पनि सवैलाइ आग्रह गरे ।

यहाँ राजधानी आइसकेपछि हरेक पालिकाले रचनात्मक र उत्पादन मुलक काम गर्नुपर्ने बताउंदै उनले बुटवललाइ आर्थिक राजधानी बनाउन लागेको पनि बताए ।

कार्यक्रममा राप्ती गाउपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउपालिकाकै भवनमा एउटा मन्त्रालय र एउटा कोष तथा लेखा नियन्त्रण कार्यालय राख्न सकिने र अन्य तीन वटा वडा खालि गरी चार वटा मन्त्रालय पनि राप्ती गाउपालिकाका वडा खालि गराएर राख्न आफु तयार रहेको बताए ।

अन्य मन्त्रालय र विभागहरुलाइ पनि राप्ती प्राविधिक शिक्षालयमा स्थापित गर्न सकिने उनको अभिव्यक्ति थियो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले राजधानी कार्यान्वयनका विषयमा तुलसीपुरले सवैखाले सहयोग गर्न तयार रहेको बताएका थिए । त्

यसका लागि स्वागतद्धार निर्माण देखि झाकी व्यवस्थापनमा पनि आफ्नो पालिका तयार रहेको उनको अभिव्यक्ति थियो ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले एक दुइ वटा मन्त्रालय लमहीले व्यवस्थापन गर्न आतुर रहेको बताएका थिए भने केहि मन्त्रालय आवस्यक परे आफ्नो पालिकामा राख्न पनि आफु तयार रहेको बङलाचुली गाउपालिकाका अध्यक्ष तुलसीराम पुनले बताएका थिए ।

दंगिशरण गाउपालिकाका अध्यक्ष सम्भु गिरी, राजपुर गाउपालिकाका शरद कुमार बुढाथोकि, गढवा गाउपालिकाका अध्यक्ष एम नारायण पोख्रेल, ववइ गाउपालिकाका उपाध्यक्ष वम कुमारी खड्का, लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी लगायतले राजधानी कार्यान्वयन र व्यवस्थापनका लागि प्रदेश सरकारले दिएका सवै जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

साथै स्थानीय सरकारका प्रमुखहरुले आफुहरुले पनि राजधानी दाङ आएको खुसीयालीमा आ-आफ्नै कार्यक्रमको आयोजना गर्ने पनि बताएका थिए ।

सो अवसरमा लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित चौधरी, महिला वालवालिका तथा ज्येष्ठ नागरीक मन्त्री रमा घर्ति, प्रदेश अर्थ सचिव नेत्र सुवेदी , सहसचिव प्रेम प्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो । अन्य कर्मचारी राप्तीमा आउने क्रम पनि जारी छ ।

कार्यक्रमको सहजीकरण राप्ती गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नेव वहादुर वलीले गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका सवै पदाधिकारीहरु को उपस्थीति रहेको थियो ।

यसैबीच कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्य इन्द्रजित थारु,अर्थ सचिव, मुख्य मन्त्री, मुख्य मन्त्रीका राजनितिक सल्लाहकार अमर डांगी लगायतलाइ माला र अविरले सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *