२०८२ असार ९ गते मङ्गलवार

श्रीमतीको हत्या गरी टाउको बोकेर हिड्दै गरेका श्रीमान् पक्राउ

सुर्खेत ,मंसिर २१ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको बेला सुर्खेतमा श्रीमतीको विभत्स हत्या गर्ने एक युवक पक्राउ परेका छन् ।

श्रीमतीको हत्या गरी टाउको पलाष्टिकमा राखेर बाटोमा हिड्दै गरेको अवस्थामा प्रहरीले ती युवकलाई पक्राउ गरेको हो । पञ्चपुरी नगरपालिका –३ स्थित तोक्मा घर भएका ३८ वर्षीय अमरबहादुर आले मगरले ३० वर्षीया मिना आलेको हत्या गरेका हुन् ।

हत्यापछि उनी पत्नीको टाउको प्लास्टिकमा पोको बनाएर भाग्दै थिए । भाग्दै गरेको अवस्थामा ३८ वर्षीय अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आफ्नो श्रीमतीको खुकुरी प्रहार गरेर घाँटी काटेर हत्या गरेका हुन् । टाउको पलास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाइटे स्वास्थचौकी नजिकबाट प्रहरीले उनलाई पक्राउ गरेको छ ।

पक्राउ परेका आलेलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले जानकारी दिए ।

घरयासी विवाद हुँदा श्रीमतीको हत्या गरेको आलेले प्रहरी समक्ष बयान दिएको डिएसपी कार्कीले जानकारी दिए ।

‘आरोपित वैदेशिक रोजगारीबाट फर्किएको एक वर्ष भएको रहेछ’ कार्कीले भने, ‘घरयासी विवाद बढ्दै जाँदा श्रीमतीको हत्या गर्न पुगेको आरोपितले प्रारम्भिक बयान दिएका छन् ।’

हत्याको कारण भने आरोपितको थप बयानबाट खुल्ने डिएसपी कार्कीले बताए ।

प्रकाशित मिति : २०७९ मङ्सिर २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *