२०८२ मङ्सिर २२ गते सोमवार

दंगीशरणमा जनप्रतिनिधिलाई उद्घोषण तालिम

प्रमोद आचार्य, दंगीशरण, मंसिर १९ । दंगीशरण गाउँपालिकाको आयोजनामा स्थानिय तहको निर्वाचनमा निर्वाचित महिला जनप्रतिनिधिहरुकालागी उद्घोषण तथा नेतृत्व विकास सम्बन्धि ४ दिने तालिम आइतबारदेखी गाउँपालिकाको शभाहलमा सुरु गरीएको छ ।

गाउँपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुको नेतृत्व बिकासमा टेवा पु¥याउन तालिमको आयोजना गरीएको सामाजिक विकास समितीका संयोजक रोशन जङ्ग शाहले बताए ।

गाउँपालिका अध्यक्ष सम्भु गिरीको अध्यक्षतामा ४ दिने तालिमको आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गिरीले महिला जनप्रतिनिधिहरुको ब्याक्तित्व विकास गर्न ४ दिने तालिम फलदायी हुने बिश्वास ब्यक्त गरे ।

राज्यको मुल प्रवाहमा महिला नेतृत्व आउनु पर्ने र महिलाहरुको नेतृत्व विकासमा आफु सदैब सकारात्मक रहेको बताए ।

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर वलि ,सामाजिक विकास समितीका संयोजक रोशन जङ शाह लगाएतको सहभागीता रहेको थियो ।

महिला बालबालिका शाखा प्रमुख सुन कुमारी घर्तीको स्वागत मन्तब्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण शाखाका महिला विकास सहायक निरीक्षक चन्द्रा वलिले गरेकी थिइन ।

प्रकाशित मिति : २०७९ मङ्सिर १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *