२०८१ बैशाख १२ गते बुधवार

सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन

दाङ, मंसिर १९ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन दिईएको छ ।

सडक डिभिजन कार्यालय दाङले मंगलबारदेखि लागु हुने गरि सूचना १५ दिने सूचना जारी गरि राजमार्गको सडक क्षेत्र मिचेर बनाएका संचना हटाउन निर्देशन गरेको हो ।

दाङ खण्डको धानखोलादेखि शिवखोलासम्मको सडक क्षेत्र दायाँ,बाँया ३१/३१ मिटर भित्र रहेका संरचना हटाउन निर्देशन गरिएको सूचना अधिकारी रिकेश महर्जनले जानकारी दिए ।

उनका अनुसार पुस १५ भित्र नहटाएमा आफै हटाउने समेत तयारी रहेको छ । साथै हटाउन लागेको खर्च समेत सडक मिच्नेहरु नै ब्यहोर्नु पर्ने सूचनामा उल्लेख छ ।

राजमार्गको दाङ खण्ड करिब ७७ किलोमिटर रहेको छ । कार्यालयले सोही क्षेत्रका तीन वटा पालिकालाई पनि यो सूचना प्रकाशन गरिदिनकालागि अनुरोध गरेको छ ।

लमही नगरपालिकासहित राप्ती र गढवा गाउँपालिकालाई पत्र लेख्दै सबै वडाको सूचना पार्टीमा यो सूचना टाँस गर्नकालागि पत्र पठाएको डिभिजन प्रमुख इञ्जिनियर रामपुकार जैसवालले बताए ।

पटक–पटक सडक मिचेका भन्ने गुनासो पनि आएको र दुर्घटनाको पनि जोखिम रहेकाले सडक क्षेत्र खाली गर्न निर्देशन दिईएको हो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *