तुलसीपुर,मंसिर १९ । दाङको तुलसीपुरमा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको वडा नं.१ छोटे सिवालय टोल निवासी अन्दाजी ३५र३६ बर्षका केशव पाण्डेको रुखबाट लडेर मृत्यु भएको ईप्रका तुलसीपुरले जनाएको छ ।
घर नजिकको रुखमा चढेर घाँस काट्ने क्रममा उनी लडेका थिए ।
गम्भीर घाइते उनलाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुर लगे लगत्तै चिकित्सकले बिहान ९ः५० बजे मृत घोषणा गरेका थिए ।
प्रकाशित मिति : २०७९ मङ्सिर १९ गते सोमवार
