२०८२ मङ्सिर २२ गते सोमवार

भारत- नेपाल जोड्ने सीमामा दुई पक्षबीच ढुंगा हानाहान


काठमाडौं ,मंसिर १८ । दार्चुलाको भारत- नेपाल जोड्ने सीमामा दुई पक्षबीच ढुंगा हानाहान भएको छ।

आइतबार साँझ महाकाली नगरपालिका-४ पुलघाटमा करिब ४ बजेतिर भारतीय र नेपाली स्थानीयबीच ढुंगा हानाहान भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश शाहीले जानकारी दिए।

महाकाली पारि भारतीय पक्षले तटबन्‍धन बनाउन ग्याबिन वालहरू लगाइरहेको छ। त्यसक्रममा कामदारले सुरूमा ढुंगा हानेपछि यताबाट पनि हानेर पठाएको इन्स्पेक्टर शाहीले बताए।

उक्त घटनापछि जिल्लाबाट डिएसपीको कमान्डमा टोली खटिएको छ। त्यस्‍तै अहिले दुई पक्षबीच वार्ता भइरहेको छ।

भारतबाट सरकारी अधिकारी र नेपालबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छलफल भएको छ। नेपाली पक्ष भारत पुगेर छलफल गरी फर्किएको हो।

ढुंगाले लागेर आधिकारिक रूपमा कोही घाइते भएको जानकारी नआएको इन्स्पेक्टर शाहीले बताए।

ढुंगा हानाहान भएपछि एक घण्टा सीमा बन्द भएर अहिले खुलेको उनले बताए।

प्रकाशित मिति : २०७९ मङ्सिर १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *