२०७७ माघ ६ गते मङ्गलवार

युनाइटेड युथ क्लव कैलाली प्रस्थान


तुलसीपुर, २६ फागुन ।
बाह्रवन दोस्रो आमन्त्रित गौरीगंगा कप खेल्न युनाइटेड युथ क्लव तुलसीपुर कैलाली शनिबार प्रस्थान गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको विशेष सहयोगमा क्लव फुटबल खेलका प्रस्थान गरेको हो । क्लवले आइतबार दिउँसो २ बजे पहिलो खेल खेल्दैछ । कैलालीको दिमिस्त क्लवसँग आज प्रतिस्पर्धा गर्ने क्लवका व्यवस्थापक अमृत मगरले जानकारी दिएका छन् । १८ सदस्यीय टोलीको नेतृत्व लोकेन्द्र ओली (झग्गु) ले गरेका छन् । टोलीको ब्यवस्थापकमा क्लवका अध्यक्ष अमृत मगर रहेका छन् ।

साथै क्लवले खेलमा सहयोग गर्ने तुलसीपुर उपमहानगरपालिका, जनककुमार बाठामगर, प्रविण केसी, मञ्जित पुन, नरेश गिरी, गंगाराज न्यौपाने, गजराज क्षेत्री, दिपक केसी, लोकेन्द्र वली (पार्क क्याफे), शारदा ट्रेडर्स, गौतम टे«ेडर्स, भण्डारी हार्डवेयर एण्ड सप्लायर्स, भूपेश डाँगी, जितेन वली, गोकर्ण बुढाथोकी, भिम विक, ओमकार वली, रामशरण थापालगायत सबै सहयोगी दाताहरुलाई धन्यवाद दिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *