लक्ष्मण बस्नेत,दाङ,मंसिर १७ । नेपाल गोजु– रियो कराते बेलझुण्डी डोजोको आयोजनामा प्रथम लुम्बिनी प्रदेश स्तरिय खुला कराते प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।
दुईदिन सम्म संचालित प्रतियोगितामा कपिलस्तु जिल्ला प्रथम, बर्दिया द्वितिय र दाङ जिल्ला तृतीय भएका छन् ।
स्थानिय स्तरमा कराते खेलको बिकास र बिस्तारमा टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङ, बर्दिया,कपिलवस्तु लगाएतका जिल्लाका खेलाडीको सहभागिता रहेको थियो ।
नेपाल गोजु– रियो कराते बेल्झुण्डी डोजोका प्रमुख प्रशिक्षक तारा बहादुर वलिको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष धुर्व आचार्यको प्रमुख आतिथ्य एवं नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बल राज नेपालीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बिजेता खेलाडी लाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको मुख्य रेफ्रीमा एशियन रेफ्री पेम्बा तामाङ रहेका थिए ।
सो अबसरम प्रतियोगिता भब्य एवं सभ्य रुपले सम्पन्न गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने तुलसीपुर उपमहानगर नगरपालिका कार्यालय, तुलसीपुर उपमहानगरपालिका वडा न १७ र १८, नेपाल गोजु–रियो करातेका स्वयंसेवक प्रशिक्षक बिकास डागी,घनश्याम गिरि खेलप्रेमी प्रवीण चौधरीप्रती हर्दिक आभार तथा धन्यवाद ज्ञापन गरिएको थियो ।
कार्यक्रमको संचालन नेपाल सितोरियो कराते संघ दाङका सचिव मोहलाल थापाले गरेका थिए ।
