२०८१ भाद्र २३ गते आइतवार

तपस्या कप क्रिकेटको उपाधी पद्मोदयलाई


घोराही, २६ फागुन
तपस्या कप जिल्लास्तरिय विद्यालय टि–२० क्रिकेट प्रतियोगीताको उपाधी पद्मोदय पव्लिक नमुना माध्यमिक विद्यालय घोराहीले जितेको छ । सिद्धार्थ एकेडेमी घोराहीलाई २० रनले पराजित गर्दै पद्मोदयले उपाधी जितेको हो । टस हारेर व्याटिङको निम्तो पाएको पद्मोदयले निर्धारित २० ओभरको खेलमा १९.५ ओभर खेल्दै ११८ रनको योगफल तयार पारेको थियो । जसमा पद्मोदयका युवराज सुवेदीले उत्कृष्ट पारी खेल्दै ३१ रन, अभिषेक खनालले २७, शरद सुवेदी १७ र आकर्ष पाण्डेले १६ रनको योगदान दिए ।

बलिङतर्फ सिद्धार्थका सुदिपकुमार ओलीले सर्वाधिक ४ विकेट, सिजन शाही र समिर रावतले समान २÷२ विकेट लिएका थिए । ११९ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको सिद्धार्थले निर्धारित २० ओभरमा ८ विकेटको गुमाउँदै ९८ रनमा समेटिएको थियो ।

जसमा सुदिपकुमार ओलीले उत्कृष्ट पारी खेल्दै सर्वाधिक ४० रन जोडेका थिए । त्यस्तै शेषमणि चौधरीले २१ रन जोडे पनि अन्य व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । सिद्धार्थलाई सस्तैमा समेट्ने क्रममा पद्मोदयका सुमन दशौदीले ३, युवराज सुवेदीले २, जीवन आले मगर र शरद सुवेदीले १÷१ विकेट लिएका थिए ।

खेलमा टिमलाई विजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने पद्मोदयमा युवराज सुवेदीलाई म्यान अफ द म्याच घोषणा गरिएको थियो । विजेता टीमलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ । उपाधी विजेता पद्मोदयले नगद २५ हजार, ट्रफि र मेडल र उप विजेता सिद्धार्थ एकेडेमीले नगर १५ हजारसहित ट्रफि र मेडल प्राप्त गरेको छ ।

त्यस्तै प्लेयर अफ द सिरिज पद्मोदयका युवराज सुवेदी, बेष्ट बलरमा शान्ति निकेतनका सन्दिप पोख्रेल, इमर्जिङ प्लेयरमा शान्ति निकेतनकै सुप्रिम रोका, वेष्ट व्याट्सम्यानका रुपमा भ्यालिटपका पछाईलाई पुरस्कृत गरिएको थियो ।

शान्ति निकेतन विद्यालयका प्रबन्ध निर्देशक सुनिल गौतमको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले खेल क्षेत्रको विकासका लागि उपमहानगरपालिका लागिपरेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै प्रतियोगिताका मुख्य प्रायोजक तपस्या टे«डर्सका प्रमुख खड्ग बुढाथोकीले जिल्लाको खेल क्षेत्रको विकासका लागि निजी क्षेत्रले गरेको लगानीलाई खेलाडीहरुले सदुपयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन र खेलकुद विकास समिति दाङका कोषाध्यक्ष कैलाश रोकाले खेलको विकास भए मात्रै अन्य क्षेत्रको विकास हुने बताए ।

क्रिकेट संघ दाङका अध्यक्ष प्रदिप मजगैयाँले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण शान्ति निकेतन विद्यालयका भाइस–प्रिन्सिपल टीका बस्नेतले गरेका थिए । गत फागुन २१ गतेदेखि गुलरिया क्रिकेट मैदानमा सुरु भएको प्रतियोगितामा जिल्लाका १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *