तुलसीपुर,मंसिर १४ । दाङ निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका कमल सुवेदीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन ।
उनले बुधवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि चुनावी खर्च विवरण सार्वजनिक गरेका हुन । त्यस अवसरमा उनले निर्वाचन अभियानमा हालसम्म ८ लाख १ हजार ७ सय २४ रुपैया खर्च भएको जानकारी दिए ।
उनले भने,‘शुभइच्छुकबाट प्राप्त सहयोग रकम ३ लाख ३६ हजार ५७ रुपैया र व्यक्तीगत ४ लाख ९८ हजार ६७ रुपैया गरि विभिन्न काममा कुल ८ लाख १ हजार ७ सय २४ रुपैया खर्च भएको छ ।’
उनले बिहिवार प्रदेश निर्वाचनको कार्यालयमा पुगेर निर्वाचन खर्च विवरण बुझाउने बताए ।
‘उम्मेदवारले खर्च विवरण नबुझाएर जरिवाना तिर्न परेको सुनेको छु,उनले भने,‘निर्वाचनमा पराजय भएपछि कानुनी प्रक्रियाअनुसार तोकिएको खर्च विवरण समयमा बुझाउन लागेको छु ।’
सुवेदीले छोटो समयमा मतदाताले दिएको मतलाई अनुशरण गर्दै प्रतिपक्षमा बसेर खबरदारी गर्ने र ५ वर्षसम्म जनताको सुखदुखको सारथी बन्ने प्रतिबद्धता समेत जनाए ।
