तुलसीपुर ,मंसिर १३। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङको अधिबेशन आउदो माघ ७ गते हुने भएको छ ।
संगठनको जिल्ला कमिटीको सम्पन्न बैठकले आउदो माघ ७ गते तुलसीपुरमा अधिबेशन गर्ने निणर्य गरेको हो ।
बैठकले संगठनका सदस्यहरुको सदस्यता नवीकरण पुस मसान्तसम्म गरिसक्ने निणर्य गरेको छ । सदस्यता नवीकरण नगरेका र गर्न बाकी रहेकाहरुले कार्यलयमा सम्पर्क गर्न अनुरोध गर्ने बैठकले निणर्य गरेको छ ।
बैठक कमिटीका जिल्ला अध्यक्ष केशव बहादुर भण्डारीको अध्यक्षता एबम केन्द्रिय उपमहासचिव खगेन्द्र ओलिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सो अबसरमा केन्द्रिय उपमहासचिव ओलिले सम्पुणर् यातायात मजदुरहरु एकताबद्ध हुन आबस्यक रहेको बताए ।
संगठनले श्रमजीवी यातायात मजदुरको मुद्दा बिगत देखिनै निरन्तर रुपमा उठाउदै आएको बताउदै उनले सम्पुणर् मजदुर एकजुट हुनुपर्नेमा जोड दिए ।