तुलसीपुर,मंसिर ११। प्रतिनिधि सभा सदस्य दिपक गिरीले स्वास्थ्य शिक्षा, रोजगारी र विकास आफुहरुको पहिलो प्राथमिकतामा भएको बताएका छन् ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले राप्ती आँखा अस्पतालमा आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै गिरिले संघ र प्रदेशबाट हुन सक्ने सवै सहयोग आँखा अस्पताललाई हुने बताए ।
‘नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका आँखा अस्पतालहरु निकै ब्यबस्थित छन् चाहे त्यो पूर्वको होस वा पश्चिम क्षेत्रको उनले भने ।’
गिरीले नेपाली मात्र नभई छिमेकी राष्ट्रका जनताको मन आँखा अस्पतालले जितेको बताए । उनले नेपालमा आँखा उपचार सेवा दिनुपर्छ भन्नेर निरन्तर लाग्ने आँखाबा डा.रामप्रसाद प्रोख्रेलको समेत योगद्धान आफुले बुझेको बताए । नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेको गिरीले जिल्लामा स्वास्थ्य शिक्षाको विकास र रोजगारी श्रृजना गरि जिल्लाको विकासमा आफुहरु लाग्ने बताए ।
‘मेरो पहिलो मिसननै स्वास्थ्यको विकास र विस्तार हुने छ त्यसमा तपाईहरुलाई गर्न सक्ने सवै किसीमको सहयोग मबाट हुने छ उनले भने ।’ गिरीले राप्ती आँखा अस्पताल, लमही, र बहादुरगञ्जको विकासका लागि केन्द्रमा आफुले पहल गर्ने बताए ।
उनले जनताले ठुलो आसा भरोषका साथ आफुहरुलाई विजय गराएको भन्दै जन्ताको भावनलाई सधै सम्मान गर्ने बताए । पूर्व सिंचाई मन्त्री समेत रहेका गिरीले आँखा अस्पतालको विकासका लागि प्रदेश देखि संघमा समेत पहल गर्ने बताए ।
त्यस्तै प्रदेश सभा सदस्य तथा लुम्विनी प्रदेशका ग्रामिण तथा पर्यटन सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले संस्थापना कालदेखि नै आफु राप्ती आँखा अस्पतालसंग नजिक रहेको भन्दै अस्पतालले दिने सवै सेवाहरु प्रभावकारी भएको बताए ।
उनले राप्ती आँखा अस्पतालको भौतिक विकासका लागि आफुहरुले सहयोग गदै आएको भन्दै अवका दिनमा पनि सहयोग हुने बताए । ‘जसरी गेटा तथा अन्य अस्पतालका लागि राज्यले सहयोग गर्छ त्यसतै सहयोग राप्ती आँखा अस्पताललाई पनि गरोस भन्ने मेरो चाहनाहो उनले भने ।’
चौधरीले प्रदेश सरकार तथा आफुले अस्पतालको विकासका लागि सहयोग गर्ने बताए । ‘यस पटक ३ करोड जति सहयोग हुन्छ अन्य भौतिक देखि उपकरण गरिदका लागी हामीलेसहयोग गर्ने छौं उनले भने ।’
नवनिर्वाचित प्रदेश सभा सदस्य चौधरीले यस क्षेत्रकै नमुना योग्य आँखा अस्पताल बनाउन आफुहरु लाग्ने बताए । त्यस्तै प्रदेश सभा सदस्य धनबहादुर मास्कीले दुरदराजका जनतालाई यस अस्पतालले सर्वसुलभ सेवा दिएको जानकारी पाएको भन्देै थप सेवा र आँखा अस्पतालको विकासका लागि आफु लाग्ने बताए ।
‘हामीले अस्पतालको विकास र विस्तार तथा विशेषज्ञ सेवाका लागि सवै किसिमको सहयोग गर्ने छौ. उनले भने ।’
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य कृष्णकुमार गिरीले अन्धोपन न्युनिकरणका लागि आफुहरु लागेको भन्दै त्यसमा सवैको साथ र सहयोग हुनुपर्ने बताए ।
उनले लुम्विनी, कर्णाली र छिमेकी राष्ट्रका जनतालाई आफुहरुले न्यून शुल्कमा सेवा दिई रहेको बताए । ‘नेपालको अन्धोपन न्यूनिकरणमा संघले निकै भुमिका खेलेको छ त्यो तथ्य सवैलाई अवगत छ –अध्यक्ष गिरीले भने ।’
त्यस्तै नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काले संघद्धारा ३ वटा अस्पताल र रुकुम, रोल्पा र सल्यानमा उपचार केन्द्र संचालन गरेको बताए ।
उनले अस्पतालको भौतिक विकास तथा विशेषज्ञ सेवाका लागि सवैको साथ र सहयोग आवश्यक रकेको भन्दै नवनिर्वाचितहरुलाई बधाई ज्ञापन गरेका थिए । ‘हामीले स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारको पनि अभिभारा पुरा गरेका छौ उनले भने ।’
कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका पदाधिकारी, नेत्रविशेषज्ञ, कर्मचारीहरुले बधाई ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण सूचना अधिकृतले गरेका थिए ।
