२०८२ मङ्सिर २३ गते मङ्गलवार

सरस्वती माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

दाङ, मङ्सिर १० । सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) दाङमा कक्षा ११ मा अध्ययन गर्ने नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ ।

कक्षा १२ मा पढ्ने विद्यार्थीहरुले एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन ।

कक्षा १२ का छात्र लछुमन सुवेदीको सभापतित्वमा एंव विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले अध्ययनका आएका विद्यार्थीहरुलाई मिहनेतका साथ अध्ययन गरी आफ्नो शैक्षिक यात्रालाई सफल बनाउन शुभकामना दिएका थिए । 

अनुशासन र मिहनेती भई विद्यार्थीलाई आफ्नो पढाईलाई अगाडी बढाउन अनुरोध गरेका थिए ।

कक्षा १२ कि छात्रा पवित्रा पन्थीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा विद्यालयमा सहायक प्रधानाध्यापक प्रकाश डाँगी, प्लस टु कोर्डिनेटर हेमराज शर्मा, शिक्षकहरु  टिका बस्नेत, निश्चल शर्मा, राजिव बस्नेत लगायतकाले बोल्नु भएको थियो । 

कार्यक्रममा विद्यार्थीहरुले गीत, गजल, नृत्य, कविता र मुक्तक प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण कक्षा १२ कि छात्रा भुमा रोका क्षेत्रीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *