२०७९ मङ्सिर १६ गते शुक्रवार

दाङ २ मा रेखा शर्मा शंकर पोखरेल भन्दा १४८६ मतले अगाडि

दाङ, मंसिर ७ । दाङ क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य तर्फ हालसम्म ४६२९३ मत गणना भएको छ ।


प्राप्त पछिल्लो मत परिनाम अनुसार नेकपा माओबादी केन्द्रकी उम्मेदवार रेखा शर्माले १६५३३ मतका साथ अग्रता कायमै राखेकी छन् । उनका निकतम प्रतिष्पर्धी नेकपा एमालेका महासचिव शंकर पोखरेलले १५०४७ मत प्राप्त गरेका छन् ।

यी दुई बीचको मतान्तर १४८६ रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वशाल अधिकारीले ८९०४ मत प्राप्त गरेका छन् ।


निर्वाचन क्षेत्र नं। २ मा कुल मतदाता १३३७४८ रहेकोमा ७९४४६ मत खसेको थियो । अब यहाँ ३५६३६ मत गणना हुन बाँकी छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.