२०८१ माघ ३ गते बिहिवार

डिल्ली चौधरीको छलाङ

तुलसीपुर, मंसिर ७ । प्रदेशसभा तर्फ ३ (क) मा नेपाली काँग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरीले नितरन्तर अग्रता बढाउँदै लगेका छन् ।

लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्रीसमेत रहेका चौधरीको मतान्तर नियाल्दा उनी छलाङ मार्दै निरन्तर अगाडि बढेका छन् ।

२२३४९ मत मत गणना हुँदा चौधरीले १०८०३ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले बुधबार बिहान ८ बजे सम्म ८१०२ मत प्राप्त गरेका छन् ।

काँग्रेसका मन्त्री चौधरी एमालेका पाण्डे भन्दा २७०१ मतले अगाडि छन् । अहिलेसम्म दाङ जिल्लामा प्रतिष्पर्धी भन्दा सबै भन्दा ठूलो मतान्तर चौधरीले नै कायम गर्न सफल भएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *