२०८२ मङ्सिर २४ गते बुधवार

खुमबहादुरका छोरा अनुरागको सुरुवाती अग्रता

तुलसीपुर, मंसिर ५ । दाङको क्षेत्र नं. १ (ख) का प्रदेशसभा सदस्य पदका उम्मेदवार अनुराग खड्काले सुरुवाती अग्रता लिएका छन् ।


गठबन्धनका उम्मेदवार तथा नेपाली काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्काका एक्ला छोरा २८ बर्षीय अनुरागले ५०० मत गणना हुँदा २२४ मतका साथ अग्रता लिएका छन् ।


उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका नेता कुलप्रशाद केसीले २०५ मत प्राप्त गरेका छन् । केसी लमही नगरपालिकाका पूर्व मेयर हुन ।

त्यस्तै यहाँ ढकिया चुनाब चिन्हका उम्मेदवार भक्तिराम चौधरीले ४८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *