सल्यान,मंसिर ५ । सल्यानमा मतगणना सुरु भएको छ । दिउँसो सवा एक वजे देखि मतगणना सुरु भएको हो । एक प्रतिनीधि सभा र दुई प्रदेश सभा रहेको सल्यानमा एकै पटक संघ र प्रदेशको मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जिल्लाका १० स्थानीय तह मध्ये कालिमाटी गाउँपालिका र कुमाख गाउँपालिका वाट मतगणना सुरु गरिएको बताए ।
उनका अनुसार विहान ११ बजे मतगनना हुने भनिएपनि प्राविधिक कारण ढिलाई भएको हो ।
मतगणना संघ र प्रदेशको गरी चार स्थानमा गणना भैरहेको छ । छिटो नतिजा सार्वजनिक गर्न पनि एकै पटक मतगणना सुरु गरिएको हो ।
जिल्लामा २ सय ५ मतदान केन्द्रबाट जिल्लाको सदरमुकाम स्थित मुख्य निर्वाचनको कार्यालयमा आईतबार राती ३ बजेसम्म मतपेटी आईसकेको थियो । मतगननाको लागि सोमबार बिहान ८ बजे सर्बदलिय बैठक बसेको थियो ।
मतगणनाको लागि सदरमुकाम स्थित मुख्य निर्वाचन कार्यालय परिसरमा सुरक्षा कडा पारिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए ।
उनका अनुसार मतदान स्थलको सुरक्षा ब्यवस्थाका लागि आवश्यक भित्री र वाहिरी सुरक्षा पवन्ध मिलाईएको छ । मतगणना स्थलमा तारजाली र सिसी क्यामरा जडान गरिएको छ ।
यसैबिच मतगनना ११ बजे सुरु हुने भनेपछि जिल्लाको सदरमुकाममा पार्टीका कार्यकर्ताहरुको भिड लाग्न थालेको छ । जसका कारण चहलपहल बढेको छ ।
सल्यानमा भएको प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनमा कुल मतदाता १ लाख ५७ हजार ७ सय १ मतदाता रहेको सल्यानमा ८४ हजार २२ ले मतदान गरेका थिए । कुल मतदातासंख्याको ५३.२३ प्रतिसत रहेको थियो ।
मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जिल्लाका १० स्थानीय तह मध्ये कालिमाटी गाउँपालिका र कुमाख गाउँपालिका वाट मतगणना सुरु गरिएको बताए ।
उनका अनुसार विहान ११ बजे मतगनना हुने भनिएपनि प्राविधिक कारण ढिलाई भएको हो ।
मतगणना संघ र प्रदेशको गरी चार स्थानमा गणना भैरहेको छ । छिटो नतिजा सार्वजनिक गर्न पनि एकै पटक मतगणना सुरु गरिएको हो ।
जिल्लामा २ सय ५ मतदान केन्द्रबाट जिल्लाको सदरमुकाम स्थित मुख्य निर्वाचनको कार्यालयमा आईतबार राती ३ बजेसम्म मतपेटी आईसकेको थियो । मतगननाको लागि सोमबार बिहान ८ बजे सर्बदलिय बैठक बसेको थियो ।
मतगननाको लागि सदरमुकाम स्थित मुख्य निर्वाचन कार्यालय परिसरमा सुरक्षा कडा पारिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए ।