२०८१ जेष्ठ ४ गते शुक्रवार

दाङ-३ मा मतगणना सुरु


तुलसीपुर,मंसिर ५ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा केहीबेर अघिदेखि मतगणना सुरु भएको छ । तुलसीपुर भू-संरक्षणको कार्यालयमा गणना सुरु गरिएको छ ।

हिजाे भएकाे प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको चुनावमा दाङ क्षेत्र न ३ मा ९० हजार ५ सय ३० मत खसेको थियो ।

४९ हजार ८ सय ४६ महिला र ४० हजार ६ सय ८४ जना पुरुषले मतदान गरेका थिए ।

यो निर्वाचन क्षेत्रमा १ लाख ४६ हजार ४ सय ७५ मतदाता रहेकोमा ६१ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

यस्तै क्षेत्र नम्बर १ मा दिउँसो १ बजेदेखि मतगणा सुरु गर्न दलहरु सहमत भएका छन् भने क्षेत्र नम्बर २ मा केहीबेरमै गणना सुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *