२०८१ जेष्ठ ८ गते मङ्गलवार

दाङका तीनै क्षेत्रमा मतगणनाका गर्ने सहमति

तुलसीपुर,मंसिर ५ । दाङका तीन वटै क्षेत्रमा मतगणना सुरु गर्ने सहमति भएको छ । क्षेत्र नम्बर १ मा दिउँसो १ बजेदेखि मतगणा गर्न दलहरु सहमत भएका हुन् ।

यस्तै क्षेत्र नम्बर २ मा बिहान ११ बजे तथा क्षेत्र नम्बर ३ मा बिहान साढे १० बजेदेखि गणना सुरु हुने भएको हो । क्षेत्र नम्बर १ मा एमालेकी शान्ता चौधरी, एकीकृत समाजवादीका मेटमणि चौधरी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकसहित प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर २ मा एमालेका शंकर पोख्रेल, माओवादीकी रेखा शर्मा तथा राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी र क्षेत्र नम्बर ३ मा कांग्रेसका दीपक गिरी, जसपाका देविलाल डाँगी, एमालेकी कोमल वली तथा रास्वपाका कमल सुवेदी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *