२०८२ बैशाख ११ गते बुधवार

निर्वाचन बिथोल्न खोज्ने बिप्लवका तीन कार्यकर्ता पक्राउ

दाङ, मंसिर ४ । रुकुम पश्चिममा चुनाव बिथोल्न खाजेको आरोपमा विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।


बिप्लव नेकपाका जिल्ला कमिटी सदस्य महेश बस्नेत, राकेश बिक, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हरिबहादुर पुन पक्राउ परेका छन् । उनीहरुले मतपत्र च्यात्ने खोजेको, मतपेटीका तोडफोड गर्न प्रयास गरेपछि नियन्त्रणमा लिनु परेको घिमिरेले जानकारी दिए ।

उनीहरुलाई आठबिसकोटको वडा नम्वर ५, ११ र १३ मा रहेका मतदान केन्द्रबाट नियन्त्रणमा लिइएको थियो ।
बस्नेतलाई ५ नं.बाट, बिकलाई ११ नं. वडा बाट र पुनलाई वडा नम्वर १३ बाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए ।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *