तुलसीपुर, मंसिर ४ । दाङ क्षेत्र नम्बर ३ को भूसंरक्षण कार्यालय तुलसीपुरमा गणना गरिने तयारी गरिएको छ ।
मत गणनास्थलमा तारजाली लगाउने र सिसी क्यामरा जडान गर्ने काम सकिएको क्षेत्र नं. ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए ।
दाङमा निर्वाचन क्षेत्र नं ३ निर्वाचन क्षेत्रका तीनवटै क्षेत्रबाट मतगणना गर्न थालिएको हो । प्रत्येक घण्टा मतगणनाको अपडेट सार्वजनिक गरिनेसमेत निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तीन क्षेत्रका तीन स्थानमा मतगणना गरिने भएको छ । दाङका तीन निर्वाचन अधिकृतको कार्यालय मत गणनास्थलको तयारीमा जुटेको छन् ।
निर्वाचन क्षेत्र नं. १ मा मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन र गणनाको लागि स्थल बनाउने काम सुरु गरिएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए ।
दाङ क्षेत्र नम्बर १ को मतगणना लमही नगरपालिकाको कार्यालयमा हुनेछ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार