२०८१ माघ १३ गते आइतवार

जुम्ला कारागारमा मतदान हुन सकेन

जुम्ला ,मंसिर ४ । जुम्ला कारागारमा मतदान सुरु हुन सकेको छैन ।

कारागारका कैदीबन्दी सबैले मतदान गर्न पाउनु पर्छ भन्ने माग गरेपछि मतदान सुरु नभएको हो ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार त्यहाँ १ सय ८ जना कैदीमा जम्मा १४ जना मात्र मतदाता छन् ।

तर सबैजनाले मतदान गर्न पाउनुपर्ने माग गरेकाले मतदान सुरू हुन ढिला भएको छ ।

मतदाता नामावलीमा नाम भएकाले आयोगको निर्धारित समयमै मतदान गर्न पाउने व्यवस्था छ । तर विवादका कारण मतदान सुरु हुनसकेको छैन ।

जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार त्यहाँ अस्थायी मतदान केन्द्र छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *