२०८१ साउन ९ गते बुधवार

किराना पसलमा आगलागी हुँदा लाखौको क्षति


तुलसीपुर, मंसिर २। दाङको तुलसीपुरमा एक किराना पसलमा आगलागी भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले बसपार्कमा बनाएको टहरमा संचालित बिशाल विकको किराना पसलमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

आगलागीबाट करिब ५ लाखको क्षति भएको उनले बताए । आगोलाई स्थानीय, तुलसीपुर उपमहानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

बिहिवार राती करिब साढे ८ बजेतिर विद्युतको तार सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *